उद्योग ब्यापार संघ कपिलवस्तु सम्मानित

मेचीकाली संवाददाता

२२ पुष २०८०, आईतवार
1041 shares

कपिलवस्तु । उद्योग ब्यापार संघ, कपिलवस्तुलाई ब्यबसायिक हकहित तथा मानबिय सेवा एबम सामाजिक क्षेत्रमा उकृष्ट कार्य गरेको आधारमा उत्कृष्ट संघको रुपमा सम्मान गरिएको छ ।

नेपाल उद्योग ब्यापार महासंघको दोस्रो साधारण सभाको अबसरमा कार्यक्रमका प्रमुख अतिथी उर्जा मन्त्री शक्ति बहादुर बस्नेत तथा महासंघका अध्यक्ष खेम भण्डारीले उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) लाई सम्मान गरेका हुन् ।

स्थापनाको छोटो समयमै उद्योग ब्यापार संघले सस्थागत तथा सामाजिक कार्य मार्फत जिल्लामा आफ्नो पहिचान र गरिमा कायम गर्न सफल भयको छ । यो सम्मानले संघलाई आगामी दिनहरुका लागि थप जिम्मेवारी दिएको उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले बताए ।