मुक्ति न्यौपाने
वालिङ । स्याङ्जाको वालिङमा आठौँ वालिङ महोत्सव माघ १८ देखि २८ गतेसम्म वालिङ खेलमैदानमै हुने भएको छ । खेलमैदानमा पहिलै देखि भैराखेकोले खेलमैदान मानै महोत्सव गर्न थालिएको आयोजकले जनाएको छ ।
वालिङ उद्योग वाणिज्य सघले सातौ महोत्सव यही खेलमैदानमा सम्पन्न गरेको र अबको महोत्सव पनि यही खेलमैदानमा गर्ने गरि नगरपालिकाले स्थान त्योकदिएको हुँदा यसैलाई नै महोत्सवको लागि छानिएको खेलमैदानमा पत्रकार सम्मेलन गरी वालिङ उद्योग वाणिज्य संघले सातौँ पनि यही खेलमैदानमै सम्पन्न गरेको भन्दै आठौँ महोत्सव पनि खेलमैदानमै सम्पन्न गर्ने जानकारी दिएको छ ।
कार्यक्रममा महोत्सवका निर्देशक शोभाकान्त पौडेलले वालिङ महोत्सव यहाँको ब्राण्ड भएकाले वालिङको ब्राण्डलाई थप उचाईमा लैजाने यो आठौँ महोत्सवले सहयोग पुग्ने बताउनुभयो । वालिङ महोत्सवको व्यवस्थापकीय, प्रवद्र्धनात्मकलगायतका विषयमा धेरै ठाउँमा चर्चा हुने गरेको भन्दै महोत्सवले गाउँगाउँमा उत्पादन भएका उत्पादनहरुलाई बजारीकरण गर्न सहयोग पुगेको पौडेलको भनाई छ ।
खैल मैदानको दुवो संरक्षण गर्दै महोत्सव गरिने र आगामी दिनहरुमा पनि दुवो संरक्षणमा संघले महत्वपूर्ण भूमिका खेल्ने महोत्सवका संयोजक तथा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो । वालिङस्थित राजनीतिक दल, युवा क्लवहरु, व्यापार व्यावसायीहरुको सल्लाहमा खेलमैदानमा नै महोत्सव सञ्चालन गर्न लागिएको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव सञ्चालनका लागि स्थानीय सरकारकारुपमा रहेको वालिङ नगरपालिकाले अनुमति प्रदान गरेकोसमेत अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो ।
कार्यक्रममा आठौँ वालिङ महोत्सवका सल्लाहकार संयोजक दिलिपप्रताप खांणले वालिङ खेलमैदान सार्वजनिक मैदान भएको भन्दै महोत्सव नगर्नको लागि खेलकुद परिषदले पठाएको पत्रको कुनै औचित्य नहुँने बताउनभुयो ।
राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता सम्पन्न गरिएको खेलमैदानमा लाखौँ खर्च गरेर दुवो विछ्याईएको भन्दै खेलमैदान भन्दा अन्यत्र महोत्सव गर्न समेत यहाँका स्थानीयले आवाज उठाईरहका थिए । खेलमैदान कसैको स्वामित्वमा नभएको भन्दै खेलमैदानमा खेल्न, कार्यक्रम गर्न, मेला महोत्सव गर्न नपाईने भन्ने विषयको औचित्य नभएको निवर्तमान नगरप्रमुख समेत रहनुभएका खांँणको भनाई थियो ।
पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष मञ्चका संयोजक पुण्यप्रसाद अर्यालले खेलमैदानमा लगाईएको दुवोको माया र महत्व वालिङ उद्योग वाणिज्य संघलाई पनि भएको भन्दै दुवोलाई नमास्ने गरी खेलमैदानको वरपर रहेका जग्गाहरुमा बालउद्यान तथा अन्य संचरनाहरु निर्माण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दुुवो संरक्षणको लागि वाणिज्य संघ पनि उत्तिकै उत्तरदायी छ ।
दुवोको संरक्षणका लागि संघले महोत्सवबाट हुने बचतको ५ प्रतिशत छुट्याएको छ । मेला महोत्सवले यहाँको पैसा चलायमान हुन्छ । महोत्सव गर्न हुँदैन भन्ने धारणा गलत हो । ” संघले यहाँका व्यापारी व्यवसायीको सल्लाह अनुसार नै महोत्सव गरेको भन्दै मेलाले आन्तरिक पर्यटकको आवागमन हुँदा यहाँकै व्यवसायीलाई फाइदा हुने मञ्चका अध्यक्ष अर्यालले बताउनुभयो ।
‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने नाराका साथ आयोजना गरिएको महेत्सवमा यहाँका स्थानीय कृषि उपजहरुको बजारीकरण गर्दै वालिङमा रहेका संभावनाहरुको उजागर गर्न महोत्सवले सघाउ पुग्ने महोत्सवका संयोजक तथा संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो ।
महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २ सय ५० स्टलहरु रहनेछन् । जसमा ५० प्रतिशत बुक भैईसकेको आयोजकले जनाएको छ । वालिङ तथा आसपासको पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले जिल्ला भित्र रहेका पर्यटकीय स्थलहरुको जानकारी सहितको फोटो प्रदर्शनी, होमस्टेमा आवासको व्यवस्था समेत गरिनेछ । महोत्सवको संरक्षक संस्थाको रुपमा नेपाल उद्योग वाणिज्य महासंघ र प्रवद्र्धकको रुपमा नेपाल पर्यटन बोड रहको छ भने आयोजक वाणिज्य संघ र वालिङ नगरपालिका रहेको छ ।
महोत्सवमा विभिन्न जातजातिहरुको भेषभुषा, कला संस्कृति समावेश गरिनेछ भने प्रतियोगितात्मक कृषि उपजको प्रदर्शनी रहनेछ । महोत्सवमा विद्यार्थीका लागी ७० र अन्यका लागी १ सय टिकट तोकिएको छ । महोत्सवमा यहाँका स्थानीय व्यापारीले स्टल राख्न चाहेमा ३० प्रतिशत छुट समेतको व्यवस्था गरिएको छ । महोत्सवमा ३ लाख दर्शकले अवलोकन गर्ने लक्ष लिएको महोत्सव अवधिभर १० करोड भन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवबाट १ करोड २६ लाख आम्दानी गरी ७९ लाख ५१ हजार खर्च हुने र ५६ लाख ४८ हजार बचत गर्ने आयोजकको लक्ष्य छ ।
वालिङ नगरपालिकाले गतवर्ष राष्ट्रिय महिला फुटवल प्रतियोगिता वालिङ खेलमैदानमा आयोजना गर्दा झण्डै ५० लाखको लागतमा हरियो दुवो लगाएको थियो । अहिले दुवो लगाएको ठाउँमा नगरपालिकाले संरक्षण गर्ने भन्दै तारबार गरेपछि महोत्सव स्थल अन्यौलमा परेको थियो ।
नगरपालिकाले वडा अध्यक्षहरूको वैठकराखी महोत्सव सञ्चालनका लागि खेलमैदान दिने यही पुस १९ गते निर्णय गरेको थियो ।
प्रदेश खेलकुद परिषद गण्डकी प्रदेश पोखराले भने यही पुस २० गते खेल मैदानको क्षेति पुग्ने हुँदा सार्वजनिक सम्पत्तिको संरक्षण र सुरक्षाका लागि जिल्ला खेलकुद विकास समितिको सहमति वेगर मेला महोत्सव सञ्चालन रोक्न वालिङ नगरपालिकालाई अनुरोधसहित पत्र पठाएको थियो । खेलकुद र महोत्सव फरक पाटो भएकोले यस मैदान जसले पनि प्रयोग गर्न पाउने बताइएको छ ।