मगर महिला संघद्धारा माघे सक्रान्तिको शुभकामना

मेचीकाली संवाददाता

२३ पुष २०८०, सोमबार
198 shares

बुटवल । नेपाल मगर महिला संघ बुटवल उपमहानगर समितिको आयोजनामा सोमबार माघे सक्रान्तिको शुभकामना कार्यक्रम सम्पन्न भएको छ । मगर समुदायको बिषेश चार्डको रुपमा मनाउने यो पर्बमा नेपाल मगर संघका केन्द्रीय सदस्य धनी आलेले मगर समुदायको त्याग तपस्या र बलीदानलाई राज्यले अझैपनी सम्बोधन नगर्दा मगर समुदाय आजपनी राज्यको मुलधारबाट पछाडी परेको बताइन ।

मगर समुदायका बिभीन्न संस्थाहरु राजनीतीक सुझबुझका साथमा अगाडि बढ्नु आवश्यकता भएको भन्दै संगठनमा सबै बिचारलाई सम्मान गर्दे अगाढी बढ्नुपर्नेमा जोड दिइन ।

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य मधु राना, नेपाल मगर संघका प्रदेश बरिष्ठ उपाधयक्ष क्या. जनक थापा मगर, निबर्तमान मगर महिला संघका अध्यक्ष सकुन्तला पुन मगर, मगर महिला संघका संस्थापक अध्यक्ष तथा संरक्षक ओमी पुन, निबर्तमान अध्यक्ष माया गलामी, मगर महिला संघका सल्लाहकार रुपसीङ्ग थापा, मगर महिला संघ जिल्ला समितिका पूर्व उपाध्यक्ष कुमारी थापा लगायतले बोल्दै मगर महिला संघले विभिन्न आन्दोलनमा गरेको त्याग र तपस्याले मगर समुदाय र लोकतान्त्रीक गणतन्त्रलाई संस्थागत गर्न ठुलो योगदान गरेको स्मरण गर्दै राज्यको हरेक तहमा मगर महिलाको सहभागीता सुनिश्चित गर्न सरोकारवाला निकायलाई अनुरोध गरे ।