पानस कृषि सहकारीको साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

२७ पुष २०८०, शुक्रबार
242 shares

बुटवल । पानस कृषि सहकारी संस्था लिमिटेड बुटवल–११ को ८ औं साधारणसभा तथा ९ औं स्थापना दिवस शुक्रबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष शोभाकर सुनारको अध्यक्षता तथा तिनाउ गाउँपालिकाका उपप्रमुख लालबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि थापाले आफ्नो भविष्यको खांचो टार्नका लागि बचत गर्ने बानी बसाल्नुपर्ने बताए । एकका लागि सवै र सबैका लागि एक सहकारीको आदर्श रहेको भन्दै उनले सामाजिक कार्यक्रम सहकारीले योगदान गर्नुपर्ने बताए ।

बुटवल वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले सहकारी उत्पादनमा केन्द्रित हुनुपर्ने बताए । बुटवल उपमहानगरपालिकाका सहकारी शाखाका प्रमुख गुणाकर खनालले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत उपलब्ध साधन र स्रोतको अधिकत्तम परिचालन गर्नुपर्ने बताए । कार्यक्रममा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै शोभाकर सुनारले सेयर सदस्यहरुलाई कृषिमा उत्पादन बजार व्यवस्थापनमा समन्वयन गरिरहेको बताए । उनले आगामी दिनमा कृषिमा सहुलियतपुर्ण ऋण प्रदान गरिने समेत बताए ।

सहकारीमा ३८७ जना शेयर सदस्यहरु रहेका छन । शहकारीको शेयर पूँजी ७३ लाख ३५ हजार ५००, निक्षेप १ करोड ९२ लाख रहेको छ । सहकारीका अध्यक्ष शोभाकर सुनारको अध्यक्षता, उपाध्यक्ष शुभाष रसाईलीको स्वागत तथा सचिव क्षेत्रबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो । साधारणसभाले अध्यक्षको, कोषाध्यक्ष यमसरी थापा र लेखा समितिका संयोजक दिलबहादुर थापाको प्रतिवेदन पनि पारित गरेको छ ।