उद्योग व्यापार संघ कपिलवस्तुको भ्रमण टोलिलाई सम्मान तथा अन्तरक्रिया

मेचीकाली संवाददाता

६ माघ २०८०, शनिबार
748 shares

पार्वती आचार्य

नयाँ दिल्ली । एभरेष्ट चेम्बर अफ कमर्स एण्ड ईन्ड्रष्ट्रिजद्वारा उद्योग व्यापार संघ, कपिलवस्तुको भ्रमण टोलिलाई सम्मान, स्वागत तथा अन्तरक्रिया गरिएको छ । एभरेष्ट चेम्बर अफ कमर्सले भ्रमण टोलिलाई सम्मान तथा स्वागत कार्यक्रम होटल ग्राईन्डवलि नोईडा दिल्लीमा माघ ५ गते सम्पन्न गरेको हो ।

सो अवसरमा चेम्बर अफ एण्ड ईन्ड्रष्ट्रिजका अध्यक्ष युवराज बरालले कपिलवस्तु जिल्लाको बिकासका लागि सधै साथ रहने बताउनु भयो । नेपाल र भारतको सम्बन्ध बिगत देखि नै सकारात्मक रहेको हुँदा एक अर्काको देशको अवसर र खोजीमा सबैले जोडदिनुपर्ने उहाँको भनाई छ । उद्योग व्यापार संघ, कपिलवस्तु र एभरेष्ट चेम्बर अफ कमर्स एण्ड ईन्ड्रष्ट्रिज भारत बिच कपिलवस्तुमा लगानीको सम्भाव्यता तथा अवसर बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

चेम्बर अफ कमर्सले २७ वटा सेक्टरमा पहिचान बनाउँदै ५ सय भन्दा बढी व्यवसायीहरुलाई संगठित गर्दै रोजगारी प्रदान गर्दै आएको जनाउनु भयो । यसैगरी भारतको छिमेकी जिल्ला मात्र नभएर आफू पनि नेपाली भएको नाताले पहिलो प्राथमिकता पर्यटनको क्षेत्रमा कपिलवस्तुलाई रहेको स्पष्ट पार्नुभयो ।

यसैगरी एभरेष्ट कमर्सका केन्द्रिय महासचिव डाक्टर मोहन कार्कीले भर्खर शुरु गरेका व्यवसायीहरुलाई अगाडी बढाउन कमर्सको तर्फबाट सदा पहल हुने प्रतिवद्धता जनाउनु भयो । साथै कपिलवस्तु जिल्ला कृषि क्षेत्रमा धेरै अगाडी रहेको हुँदा कृषिबाट पनि व्यवसायलाई अगाडी बढाउन सकिने उहाँको धारणा रहेको थियो ।

उद्योग व्यापार संघ , कपिलवस्तुका अध्यक्ष सिमानन्द पौडेल कोपिलले कपिलस्तुमा होटल व्यवसायको क्षेत्रमा लगानी लगाउन चेम्बर अफ कमर्सलाई आग्रह गर्नुभयो । जिल्लामा धेरै सम्भाव्यता भएता पनि बाहिरी पर्यटकहरु आउँदा खेरी व्यवस्थित गर्न सक्ने वातावरण सृजना गर्नुपर्नेमा जोडदिनु भयो । भगवान गौतम बुद्धको पबित्र जन्म स्थानलाई पर्यटन प्रबद्र्धनमा जोड दिन सक्ने हो भने रोजगारीको सम्भावना बढ्ने र आर्थिक संमृद्धिमा टेवा पुग्ने अध्यक्ष पौडेलले बताउनु भयो ।

यसैगरी निवर्तमान अध्यक्ष हुमनाथ पौडेलले कपिलवस्तुमा होटल व्यवसायहरुमा लगानी बढाउन कमर्स संग आग्रह गर्नुभयो । जिल्लामा पर्यटकहरुलाई स्वागत गर्नकालागि उद्योग व्यापार संघ , कपिलवस्तु सदा तयार रहेको बताउँदै यसको बिकासमा सबै क्षेत्रका व्यक्तिहरुले हातेमालो गर्नुपर्ने कुरामा जोडदिनु भयो ।

कायक्रममा होटल व्यवसायी संघ दिल्लीका अध्यक्ष तथा होटल व्यवसायी दिपक जिसीले होटल व्यवसायमा युवाहरुको सम्भावना रहेको बताउँदै उद्योग व्यापार संघ , कपिलवस्तु र त्याहाँका बिभिन्न सरोकारवालाहरुको सहकार्य र साथ रहे कपिलवस्तुमा पनि होटल व्यवसाय संचालन गर्न सकिने जनाउनु भयो ।

कमर्सका कोषाध्यक्ष सुमन आत्रेयले नेपालको बिकासको लागि केही लगानी भारतीय व्यवसायीले गरिसकेको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बिश्वास दिलाउनु भयो । कमर्सका सह कोषाध्यक्ष बिस्नु केसीले जब सम्म राजनितीक क्षेत्रमा सुधार आउँदैन तब सम्म नेपालको बिकासमा पूर्ण रुपमा परवर्तन नआउने बताउनु भयो ।

संस्कृति केन्द्रिय सचिव घनस्याम शर्मा , एभरेष्टका बरिष्ठ सदस्य राजेन्द्र घिमिरे , बिबेक शर्मा , गुणानिधि गैरे , जुद्ध बहादुर जिटी , भोजराज केसी लगाएतले बोल्दै नेपालको बिकास र मित्रताको सम्बन्धलाई प्रगाढ गरेर अगाडी बढ्ने बताउनु भयो । यता उद्योग व्यापार संघ , कपिलवस्तुका पदाधिकारीहरुले जिल्लामा भएका सम्भावना व्यापार संघको महत्व , व्यवसायीहरुको समस्या लगाएतको बारेमा चेम्बर अफ कमर्स संग जिज्ञासा सहित आ आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

उद्योग व्यापार संघ , कपिलवस्तुको भभ्रण टोलि माघ ३ गते अन्तराष्ट्रिय भ्रमणको लागि डिल्ली प्रस्थान गरेको थियो । उक्त टोलिलाई एभरेष्ट चेम्बर अफ कमर्सले डिल्लीको नोएडामा स्वागत तथा सम्मान गरेको थियो । भने उद्योग व्यापार संघ कपिलवस्तुले एभरेष्ट चेम्बर अफ कमर्सका प्रमुख लगाएतलाई मायाँको चिनो सहित निमन्त्ररणा पत्र प्रदान गरेको छ । उद्योग व्यापार संघ , कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल कोपिलको नेतृत्वमा संघका ३४ जनाको टोलिद्वारा डिल्लीका बिभिन्न क्षेत्रको अवलोकन गरिएको संघले जनाएको छ ।