बेमौसमी तरकारी खेती तालिमको उद्घाटन

मेचीकाली संवाददाता

१० माघ २०८०, बुधबार
201 shares

पार्वती आचार्य

कपिलवस्तु । बेमौसमी तरकारी खेती तालिम सुरु भएको छ । सिद्धिपुर समाजिक महिला बिकास संस्था बाणगंगा ४ ठाकुरापुरको आयोजनामा तथा बाणगंगा नगरपालिका वडा नं. ४ को सहयोगमा तिनदिने बेमौसमी तरकारी खेती तालिमको बुधबार बाणगंगा नगरपालकाका उपमेयर रिता कुमारी चौधरीले उद्घाटन गर्नु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएकी बाणगंगा नगरपालिकाका उपमेयर रिता कुमारी चौधरीले व्यवसायीहरु निर्वाह मुखी नभई व्यवसायी मुखी हुन आजको आवश्यकता भएको बताउनु भयो । महिला दिदि बहिनीहरुले बेमौसी खेतीलाई प्राथमिकता दिन सक्ने र उत्पादनलाई बृद्धि गर्न सक्ने हो भने आर्थिक समृद्धि हुने र महिलाहरुले आर्थिक रुपमा बिभिन्न हिंसाहरु भोग्न नपर्ने बताउनु भयो । तिनदिन सम्म संचालन हुने बेमौसमी तरकारी खेतीको तालिममा कृषि प्राविधिकबाट धेरै कुराहरु जान्न , सिक्न र व्यवहारमा ल्याउन आग्रह गर्नुभयो ।

स्वास्थ्यको लागि अर्गानिक तरकारी खेती उत्पादन गर्नुपर्ने बताउँदै सदाबहार उत्पादन हुने बेमौसमी तरकारी खेतीलाई व्यवसायीक रुपमा संचालन गर्न सके आर्थिकमा समेत संमृद्धि हुनेमा जोडदिनु भयो । नगरपालिकाका ११ वटै वडाहरुमा पालिकाले हरेक वर्ष फरक फरक तरिकाले कार्यक्रमहरु संचालन गर्दैै आएको उपमेयर चौधरीले बताउनु भयो ।

कार्यक्रममा कार्यपालिकाका सदस्य शान्ता पाण्डेले तालिममा सिकेका कुराहरुलाई व्वहारमा ल्याउन आग्रह गर्दै अर्गानिक खेती तथा व्यवसायबाट व्यवसायीहरुलाइृ घाटा नहुने बताउनु भयो । ठुलो व्यवसाय संचालन गर्न नसके पनि आफुले उत्पादन गरेको खेती आफ्नो परिवारलाई पुराउन सक्नु पनि महत्वपूर्ण भएको बताउनु भयो ।

यसैगरी वडा नं. ४ का वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष चिन्कु थारुले महिलाहरुले सिकेको सिपलाई व्यवहार ल्याउन सके आर्थिक रुपमा महिलाहरु शसक्तिकरण हुने बिश्वास व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष सितादेवी न्यौपानेले संस्थाको स्थापनाकाल देखि नै महिलाहरुलाई शसक्तिकरण गर्न लागि परेको बताउनु भयो । कार्यक्रम संस्थाका अध्यक्ष सितादेवी न्यौपानेको अध्यक्षतामा संस्थाका उपाध्यक्ष भगवता अधिकारीको स्वागत तथा सचिव सुनिता सेनको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

वडा नं. ४ का २५ जना कृषि व्यवसायी महिलाहरुलाई बाणगंगा नगरपालिका कृषि शाखा प्राविधिक सन्तोस भुषालले बेमौसमी तरकारी खेतीको महत्व , परिचय , बिउबिजन लगाउने जातको समय , जलिय गुण , मलखाद तथा सिंचाई र प्रयोग गर्ने विधि लगाएतको बिषयमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष लक्ष्मी गोदार , सह सचिव अप्सरा अधिकारी लगाएतका पदाधिकारीहरुको सहभागिता रहेको थियो । तालिमा माघ १२ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।