पार्वती आचार्य
कपिलवस्तु । लुम्बिनी प्रदेश सामाजिक बिकास मन्त्रालयको आयोजना तथा जिल्ला समन्वय समिती कपिलवस्तुको समन्वयमा तौलिहवामा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले सिमानाकाको समस्या समाधानले मात्र समस्या समाधान नहुने बताए । महिलाहरुलाई बिभिन्न प्रलोभन देखएर बेचबिखन भैररहेको र त्यसपछि महिलाहरुले बिभिन्न समस्याहरु भोग्न बाध्य भएको उनले बताए । यसलाई न्यूनिकरण गर्न स्थानियतहहरु र बिभिन्न मानव बेचबिखनको क्षेत्रमा काम गर्ने संघ संस्थाहरु सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले मानव बेचबिखन तथा ओसारपसार रोक्न अभियानलाई सक्रिय रुपमा संचालन गर्नुपर्ने बताए । जिल्ला समन्वय समिती, स्थानियतह र मानव बिकास सेवामा सरोकारवालाहरु सबै जिम्मेवार हुनुपर्नेमा जोडदिए । ‘मानव अधिकारको संरक्षणको बिषयमा प्रहरी प्रशासन संवेदनशिल छ तर समाजका आम नागरिकहरुमा परिवर्तन आउन बिभिन्न सचेतना मूलक कार्यक्रम तथा अभियानहरु स्थानियतहबाट संचालन हुन आवश्यक छ ।’ उनले भने ।
कार्यक्रममा सामाजिक बिकास माहाशाखा प्रमुख, प्रमुख महिला बिकास अधिकृत सारदा बस्यालले मानव बेचबिखनको बिषयमा बुझ्नु पर्ने आवश्यक कुराहरुको बारेमा जानकारी दिंदै मानव बेचबिखन र तस्करीमा महिला मात्र नभई बालबालिका र युवाहरु समेत बेचबिखनमा परेको बताइन ।
यस्तै मानव बेचबिखन र आधुनिक युगको दासता, घरमा कामदारको रुपमा रहेका कामदारहरुको समस्या, मानव बेचबिखन र दासता सम्बन्धि तथ्यांक, मानव बेचबिखनको अवस्था, मानव बेचबिखन र दासता सम्बन्धि नेपालको तथयांक, नेपालमा लैगिंक हिंसा र घरेलु हिंसाको अवस्था र लुम्बिनी प्रदेशमा लैगिंक हिंसाको मुद्दा दर्ता र फर्छौटको अवस्था र प्रदेश सरकारको नितीगत व्यवस्था, प्रदेश सरकारले संचालन गर्ने कार्यक्रमहरु र चुनौतीको बिषयमा सहजीकरण गरेकी थिइन ।
स्थानियतहको भूमिका, गैरसरकारी संस्था महासंघको जिम्मेवारी लगायतको प्रस्तुत गर्दै प्रदेशको १२ वटा जिल्ला मध्ये अन्य जिल्लाको तुलनामा बाल विवाहमा कपिलवस्तु र बाँके जिल्लामा बढी देखिएको तथ्यांक प्रस्तुत गरिन । बिभिन्न हिंसाहरुलाई न्यूनिकरण गर्न स्थानियतहहरुले मानवीय बिकासमा जोडदिनु पर्ने उनको भनाई रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले कपिलवस्तु जिल्लामा मानव अधिकारको अवस्था र चुनौतीको बिषयमा प्रस्तुत गरेका थिए । सो अवसरमा मानव बेचबिखन तथा ओसार पसार, ऐन कानुन, दण्ड सजायको बिषयमा जानकारी दिंदै पछिल्लो समयमा मानव बेचबिखन तथथा ओसारपसार नयाँ आयामहरुबाट भैरहेको हुँदा यस्ता घटनाहरुलाई न्यूनिकरण गर्न स्थानिय सरकार र बिभिन्न सरोकारवालाहरुको हातेमालो हुन आवश्यक भएको प्रहरी उपरीक्षक पौडेलले बताए ।
साथी संस्था कपिलवस्तुका प्रमुख बिमला घिमिरेले लैगिंक हिंसा र महिला आश्रय गृहको अवस्थाको बारेमा प्रस्तुत गर्दै आश्रय गृह संचालन र व्यवस्थापनका लागि स्थानियतह संग आग्रह गरिन् । सहायक जिल्ला न्यायाधिवक्ता खिमराज भट्टले स्थानियतहहरुमा बाल विवाह, बहु विवाह, बालश्रम लगायतको बिषयमा सहजीकरण गर्नको लागि कुनै समस्या भए सरकारी वकिल कार्यालयले प्राबिधिक सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा शिवराज नगरपालिकाका उपमेयर शिव कुमारी चौधरीले आफ्नो पालिकाको चन्द्रौटामा दुई वटा संस्थाले कार्यक्रमहरु गरी नगरपालिकामा मासिक रिपोर्ट बुझाउँदै आएको बताइन् । सामाजिक क्षेत्रमा परिवर्तन ल्याउनका लागि मेयर र वडा अध्यक्षहरुसंग अन्तरक्रिया गर्न आग्रह प्रदेश सरकारसंग अनुरोध समेत गरिन् ।
इन्सेकसँगग आवद्ध मानव अधिकार प्रदेश संजाल संयोजक पुस्पा रेग्मी, गैर सरकारी सस्था महासंघ लुम्बिनी प्रदेश संयोजक शुसिला बेल्बासे, संचारिक समूहका अध्यक्ष पार्वती आचार्य लगायतले सिमानाकाका समस्या समाधानका लागि प्रदेश सरकारले बजेट बिनियोजन गरि अभियानहरु संचालन गर्नुपर्ने र स्थानियतहले कार्ययोजना बनाएर बिभिन्न अभियानहरु संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सहभागिहरुले मानव बेचबिखन तथा ओसारपसारमा बजेट विनियोजन गरी अभियानहरु संचालन गर्न प्रदेश सरकारसंग आग्रह गरेका छन् । कार्यक्रममा सहभागिहरुबाट उठेका सवालहरुलाई संबोधन गर्ने माहाशाखा प्रमुख बस्यालले प्रतिवद्धता जनाए ।
कानुनी अधिकृत ध्रु्रब भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा कपिलवस्तु जिल्लाका दश स्थानियतहका उपप्रमुखहरु, गाउँपालिकाका उपाध्यक्षहरु, महिला बालबालिका शाखा प्रमुखहरु, मानव बेचबिखन तथा ओसारपसारको क्षेत्रमा काम गर्ने बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु संचारकर्मी लगायको उपस्थिती रहेको महिला बिकास निरीक्षक कमला भण्डारीले जानकारी दिइन् । कार्यालयले सिमानामा जोडिएका जिल्लाहरुमा मानव बेचबिखन तथा ओसार पसार बिरुद्धको कार्यक्रमहरु गर्दै आएको छ ।