आमाको तिथिमा गाईलाई दाना

मेचीकाली संवाददाता

५ चैत्र २०८०, सोमबार
713 shares

अनिल नेपाली

सन्धिखर्क । अर्घाखाँचीमा एक युवाले आमाको ४५ दिनको पुण्य तिथिमा श्रीकृष्ण गौशालाका गाईलाई दाना प्रदान गरेका छन् ।

सन्धिखर्क नगरपालिका वडा नम्बर १२ निवासी समाजसेवी, युवा व्यवसायी तथा पुर्व जनप्रतिनिधि नारायण बस्यालले स्वर्गिय आमाको ४५ दिनको पुन्य तिथिको अबसरमा श्रीकृष्ण गौशालामा रहेका गाईहरुलार्इ दाना खुवाउने पुण्य काम गरेका हुन् ।

श्रीकृष्ण गौशालामा रहेका गाईको संरक्षणमा सबै स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको ध्यान जान जरुरी छ ।