बुटवल । मेटल फेब्रिकेशन एसोसियसन रुपन्देहीको कार्यालय भवन उद्घाटन एवम प्रथम साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ ।
अधिबेशनले पुनः सन्त बहादुर कंवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा मेघ बहादुर घिमिरे, कोषाध्यक्षमा किसन बहादुर केसी,
सचिबमा विश्वनाथ पाण्डे, सहसचिबमा अमृता गौतम निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा जगदिश चौधरी थारु, कृष्ण प्रसाद ढकाल, सुरेश केसी, राधा पौडेल रहेका छन् ।
त्यस्तै लेखा समिती संयोजकमा यादव पाण्डे (क्षितिज), सदस्यहरुमा लक्ष्मण तिमिल्सिना र सुवास भट्टराई निर्वाचित भएका छन् ।
संस्थाका संस्थापक अध्यक्ष सन्त बहादुर कवंरको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले रुपन्देही मेटल फेब्रीकेशन एसोसियसनले तिलोत्तमामा कार्यक्षेत्र बनाएर संस्था दर्ता गरेको प्रती खुशी व्यक्त गरेका थिए । उनले एसोसियसनलाई नगरपालिकाले सधै साथ र सहयोग गर्ने बताउँदै व्यवसायिक हत हितका निम्ति संस्थाले चालेको कदम उत्कृष्ट रहेको बताए ।
कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु विभिन्न सामाजिक संस्थाका प्रतिनिधीहरु तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाको बारेमा ठाकुर पन्थीले जानकारी गराएका थिए । शंकर केसीको स्वागत तथा सचीव विश्वनाथ पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।