नेपाल महिला मगर संघ रुपन्देहीको अधिवेशन पुनः गर्न माग

मेचीकाली संवाददाता

११ बैशाख २०८१, मंगलवार
186 shares

बुटवल। हालै भएको नेपाल महिला मगर संघ, रून्देहीको अधिवेशन रद्द गरी पुनः अधिवेशन गर्न माग गरिएको छ । नेपाल मगर महिला संघ, बुटवल उपमहागर समितिले आफूहरूलाई कुनै जानकारी नदिई गरिएको अधिवेशन मान्य नहुँने बताउँदै फेरि अधिवेशन गराउन मगर संघ केन्द्रलाई आग्रह गरेको हो । संघले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी संघलाई अमूक राजनीतिक राजनीतिक पार्टीको मुखपत्र जस्तो बनाउने नियतले बुटवल नगर समितिलाई कुनै जानकारी नदिई गरिएको अधिवेशन स्वीकार्य नभएको भन्दै पुन अधिवेशन हुनुपर्ने माग गरे ।

नेपाल महिला मगर संघ बुटवलका अध्यक्ष गौरीमाया थापाले विधान विपरीत गरिएको गरिएको अधिवेशन खारेज गर्न माग गरिन । संघका सचिव तिर्थ कुमारी सोमैले बुटवल नगरको २ जना प्रतिनिधि हुनुपर्ने भए पनि जानकारी नैं नदिइएको बताइन । ‘हाम्रो समितिलाई वेवास्ता गरी अवैधानिक विधान विपरीतको समितिलाई अधिवेशनमा प्रतिनिधि र परिवेक्षककौ रुपमा सहभागी गराइएको रहेछ’ सोमैले भनिन, ‘हजारौं आदिवासी मगरहरुको पवित्र साझा संगठनलाई भाडने र कुनै पार्टी जस्तो बनाउने योजना सफल हुन दिदैनौं ।’

संघका सल्लाहकार कुमारी थापाले अवैध रुपमा गरिएको अधिवेशनको विरुद्ध केन्द्रमा उजुरी समेत गरिएको बताइन । उनले केन्द्रको धारणा पर्खिएर बसेको बताइन् । संघका सल्लाहकार ओमी पुनले अरुलाई अपमान गर्ने गरिएको गरिएको अधिवेशन स्वीकार्य नहुने बताइन् ।