लक्ष्मण पाण्डेको ‘हाँसेबोले आनन्द हुनी’ सार्वजनिक (भिडियो)

मेचीकाली संवाददाता

२१ बैशाख २०८१, शुक्रबार
780 shares

बुटवल । राष्ट्रसेवक कर्मचारी लक्ष्मण पाण्डेको नयाँ लोकदोहोरी गीत ‘हाँसेबोले आनन्द हुनी’ सार्वजनिक भएको छ । पाण्डेको आफ्नै युट्युव च्यानल ‘लक्ष्मण पाण्डे’ बाट उक्त गितको भिडियो सार्वजनिक गरिएको हो ।

‘हाँसेबोले आनन्द हुनी’ बोलको गीतको म्युजिक भिडियोको निर्देशन विष्णु भट्टराईले गरेका छन् । करिश्मा ढकाल, सन्तोष शर्मा र सगुन शर्माले अभियन गरेको उक्त म्यूजिक भिडियोमा कुलेन्द्र विश्वकर्मा र शान्तीश्री परियारको स्वर रहेको छ ।

उक्त गीतको संगीत तथा शब्द लक्ष्मण पाण्डे आफैले गरेका छन् भने मालाश्री स्टुडियोमा रेर्कडिङ्ग गरिएको हो । मिक्स माष्टर खड्क बाजुरालीको रहेको म्युजिक भिडियोको एरेन्जर विनोद बाजुरालीले गरेका हुन् ।

अविरल फिलीम्सको पोष्ट प्रोड्क्सन रहेको म्युजि भिडियो युट्युबमा सार्वजनिक भएपछि छोटो समयमा नै लोकप्रिय भएको छ । गीतकार पाण्डेले आफ्नै लगानीमा गीतहरू सार्वजनिक गर्ने गर्दछन् । पाण्डेले यो भन्दा पहिला एकान्तमा आँसु खसाए.., सुखी हुन्छ जिन्दगी लगायतका म्यूजिक भिडियो सार्वजनिक गरीस्सकेका छन् ।

भिडियो हेर्नुहोस्

यो पनि हेर्नुहोस्

लक्ष्मण पाण्डेको ‘एकान्तमा आँशु खसाए’ सार्वजनिक (भिडियो)