मतदान प्रक्रियाबाट सुर्यपुरा बहुमुखी क्याम्पसको अध्यक्षमा तिलक रिजाल 

मेचीकाली संवाददाता

२८ बैशाख २०८१, शुक्रबार
479 shares

बुटवल , जेष्ठ २८ 

रुपन्देहीको  गैडहवा गाउँपालिका -६ स्थित सुर्यपुरा बहुमुखी क्याम्पसको संचालक समितिको अध्यक्षमा मतदान प्रक्रियाबाट तिलक प्रसाद रिजाल छनौट हुनुभएको छ। क्याम्पस पदाधिकारी छनौटको लागि बैशाख २२ गते क्याम्पसको प्रथम अधिवेशनमा सर्व सहमति हुन नसकेपछि बैशाख २७ गते मतदान प्रक्रिया  भएको थियोे । मतदान प्रक्रियाबाट नै क्याम्पस संचालक समितिको सदस्यहरुमा भोजराज यादव ,मोतिचन कुर्मी ,बिजय सिंह केवट ,राम लखन लोध ,कोदाइ गुप्ता ,मन्जु हरिजन ,मन्जु रिजाल छनौट भएको सुर्यपूरा बहुमुखी क्याम्पस प्रमुख कैलाश यादवले जानकारी दिनुभयो ।