मदन भण्डारी स्पोर्टस् ऐकेडेमीद्वारा खेलकर्मीको संरक्षण र प्रोत्साहन

मेचीकाली संवाददाता

४ जेष्ठ २०८१, शुक्रबार
168 shares

बुटवल । मदन भण्डारी स्पोर्टस् एकेडेमीले नेकपा (एमाले) का तत्कालिन महासचिव जननेता मदन भण्डारीको ३१ औँ स्मृति दिवसका अवसरमा बुटवलमा राष्ट्रिय खुला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिता सम्पन्न गरेको छ ।

प्रतियोगिताको अवसरमा एकेडेमीले खेलकर्मीहरुको संरक्षण र प्रोत्साहन गरेको छ । सोही अवसरमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई नियमित औषधि उपचारका लागि एकेडेमीले दुई वर्षका लागि मासिक ४ हजारका दरले औषधि खर्च उपलब्ध गराउँदै सम्मान गरेको थियो । साथै एकेडेमीले क्यान्सर रोगलाई जीतेर पुनः खेल जीवनमा फर्किएकी नेपालकी एक मात्र अन्तराष्ट्रिय महिला रेफ्री चन्द्रबन्दना राईलाई पनि मासिक ४ हजारका दरले औषधि खर्च उपलब्ध गराएको छ । उक्त रकम बराबरको चेक एक कार्यक्रमका बीच एकेडेमीका केन्द्रिय अध्यक्ष अध्यक्ष ध्रुव आचार्यले हस्तान्तरण गरेका छन् ।

राज्यले खेलाडी तथा खेलकर्मीहरुलाई व्यवास्ता गरीरहेको अवस्थामा एकेडेमीले बिभिन्न कार्यक्रम सञ्चालन गरी खेलकुद क्षेत्रको विकासका लागि अग्रणी भुमीका खेलिरहेको एकेडेमीका केन्द्रीय कार्यालय सचिव विनोद आचार्यले जानकारी दिए ।