तुलसीराम पौडेल —
शुद्दोधन ,जेष्ठ ३१
रुपन्देहीको शुद्दोधन गाउँपालिका वडा नम्बर -६ बालविवाह मुक्त वडा घोषणा भएको छ।
शुद्दोधन गाउँपालिका कार्यालय र शुद्दोधन गाउँपालिका वडा नम्बर ६ को आयोजना , मानमटेरिया साथी संजाल र सुनगाभा सामुदायिक विकासको सहयोगमा बालविवाह मुक्त वडा घोषणा भएको हो ।बालविवाह मुक्त घोषणा कार्यक्रमलाई सफल पार्न समन्वय गर्नेहरुमा ईलाका प्रहरी कार्यालय बनघुसरी ,टोलविकास संस्थाहरु,आमा समुहहरु ,विद्यालयहरु, स्वास्थ्यचौकी लगायतको भुमिका रहेकोे थियोे । कार्यक्रम शुद्दोधन गाउँपालिका वडा नम्बर -६ का वडा अध्यक्ष उपेन्द्र साहनिको अध्यक्षता, जिल्ला समन्वय रुपन्देहीका प्रमुख उमाकान्त चापगाईको प्रमुख आतिथ्यता, शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको विशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा अध्यक्ष साहनिले बाल विवाह मुक्त अभियानको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।
मानमटेरिया साथी संजाल र सुनगाभा सामुदायिक विकास केन्द्रका युवा युवतिहरुबाट सन्देश मुलक नाटक प्रस्तुत गरिएको थियोे ।
वाड नम्बर -६ का पशु प्राविधिक सालिकराम खनालको स्वागत मन्तव्य ,वडा नम्बर -६ का वडा सचिव हरिहर धोबिको संचालनमा सम्पन्न कार्यक्रममा साथी सन्जालका अध्यक्ष सृजना चौधरी , सुनगाभा सामुदायिक विकास केन्द्रका अध्यक्ष अमृता थापा , पुर्व वडा अध्यक्ष जय शंकर पाठक ,तुलसी राम कंडेल लगायतले मन्तव्य दिएका थिए ।