प्रीमो एजुकेसनको ब्राण्ड एम्बेसडरमा क्रिकेटर देब खनाल

मेचीकाली संवाददाता

१ असार २०८१, शुक्रबार
212 shares

बुटवल। प्रीमो एजुकेसन एण्ड भिसा सर्भिसेजले ब्राण्ड एम्बेसडरमा राष्ट्रिय क्रिकेट खेलाडी देब खनालाई नियुक्त गरेको छ । देव बुटवलबासी हुन । २०८१ जेठ ८ गते प्रीमोले देब खनाललाई ५ वर्ष लामो समयका लागि ब्रान्ड एम्बेसडरको रुपमा अन्डर–१९ नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान खनाललाई नियुक्त गरिएको पत्रकार सम्मेलन गरि जनाईएको हो ।

सर्भिसेज बुटवल निर्देशक सागर केसीले नेपाली क्रिकेट खेलमा सानो भएपनि योगदान गरौ भन्ने उदेश्यले ब्राण्ड एम्बेसडरमा खनाललाई नियुक्त गरिएको जानकारी बताए । उनले उदाउँदो खेलाडीको रुपमा खनाललाई देखेकोले खनाललाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरिएको जानकारी दिए । पोखरा निर्देशक रमेशकुमार थापाले खेल खेलेर जीवन धान्न सकिन्छ भन्ने देखाउन सहयोग गरेको बताए । उनले यसबापत एकमुष्ट एवं खेल अनुसार समेत रकम दिदै आएको बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय खेलाडी देब खनालले क्यानकै प्रोटोकल भित्र रहेर प्रीमोको ब्रान्ड एम्बेसडर बनेको बताए । उनले देश तथा बिदेशमा प्रचार प्रसार गर्ने तथा ब्यवसायीक हितमा रहेर काम गर्ने बताएका छन । नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष बिश्वास ढकालले खेलाडिको प्रोत्साहन गर्नुले दीर्घकालीन रुपमा फाईदा पुग्ने बताए । प्रीमोले युरोपका विभिन्न देशहरु अष्ट्रेलिया, क्यानेडा, युके तथा युएई र दक्षिण कोरियामा विद्यार्थी पठाउनुका साथै पिटिई र आयल्स कक्षा सञ्चालन गर्दै आएको छ ।

प्रीमोको प्रधान कार्यालय अष्ट्रेलियाको सिडिनीमा रहेको छ भने शाखा कार्यालय बुटवल, पोखरा र काठमाडौमा रहेका छन । प्रीमो एजुकेसनकोको ल्याङवेज पार्टनरको रुपमा ल्याङवेज एकेडेमी रहेको छ । ल्याङेवेज एकेडेमीले प्रीमोको शाखाहरु मार्फत भाषा प्रशिक्षण समेत गर्दै आएको छ । प्रीमोले ५० भन्दा धेरैलाई प्रत्यक्ष रोजगारी दिएको छ ।