स्याङ्जामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु

मेचीकाली संवाददाता

२२ असार २०८१, शुक्रबार
89 shares
फाइल फोटो

मुक्ति न्यौपाने

वालिङ । स्याङ्जामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पुतलीबजार नगरपालिका १ वीरेन्द्रनगर बस्ने ७४ वर्षीय तिल बहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए ।

शुक्रबार बिहान अरगौदी खोला तर्ने क्रममा खोलाले बगाउँदा भुजेल घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

उनलाई आफ्नै छोरा होम बहादुर भुजेलले उद्दार गरी जिल्ला अस्पताल स्याङ्जा लगेको प्रहरीको भनाई छ ।

भुजेलको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।