आइफोर्ड दयानगरद्वारा एसईई उत्कृष्ट जिपिए उत्तीर्ण विद्यार्थीलाई  सम्मान 

मेचीकाली संवाददाता

२५ असार २०८१, सोमबार
160 shares

तुलसीराम पौडेल —

छपिया, असार २४ 

रुपन्देहीको सियारी गाउँपालिका – ४ दयानगर छपिया स्थित सर्वाङ्गिण विकासका निम्ति स्वालम्बी  संस्था (आइफोर्ड) दयानगरले सियारी गाउँपालिका अन्तरगत सामुदायिक तथा संस्थागत विद्यालयहरुबाट एसईई परीक्षा २०८० मा ३.६० जिपिए नतिजा भन्दा माथी ल्याई उतिर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ।

संस्थाले छपिया  स्थित लिग्जा कलेजमा आइतबार एक कार्यक्रमको आयोजना गरि ३.६० जिपिए माथी ल्याइ उत्तीर्ण हुने विद्यार्थी र तिनका अभिभावकहरुलाई समेत सम्मान गरेको हो । आइफोर्ड दयानगरले विगत वर्षहरुदेखि नै  साविक दयानगर भित्रका विद्यार्थीहरुलाई सम्मान गर्दै आएको थियोे । सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले कार्यक्रमको उदघाटन गर्दै सियारी गाउँपालिकाका विद्यालयहरुको नतिजा रुपन्देहीका अन्य विद्यालयहरु भन्दा उत्कृष्ट रहेकोे बताउनु भयो। सियारीका शैक्षिक ताराहरुलाई गाउँपालिकाद्वारा सम्मान गरिने अध्यक्ष घिमिरेले बताउनु भयो ।

कार्यक्रममा संस्कार इङलिस बोर्डिङ स्कुलबाट ७ जना,पब्लिक नमूना माविबाट ४ जना ,सरस्वती ज्ञाननिकेतनबाट १ जना ,सन्तज्योती इङलिस बोर्डिङ स्कुलबाट २ जना ,दुर्गा शैक्षिक गृहबाट ६ जना गरि २० जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष लोक शर्मा बस्यालको अध्यक्षता, सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेको प्रमुख आतिथ्यता, आइफोर्ड सदस्य एवं जिल्ला समन्वय समिति सदस्य बिष्णु माया जैसवालको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा सियारी गाउँपालिका  वडा नम्बर  -४ का वडा अध्यक्ष श्रीराम यादव ,लिग्जा कलेजका अध्यक्ष गोपाल पाण्डे, पब्लिक नमुना माविका प्रधानाध्यापक डिलाराम खनाल ,सियारी प्याब्सन सचीव कृष्ण गौतम ,सिद्दार्थ माविका प्रधानाध्यापक सन्तोष राना, सम्मानित विद्यार्थीहरुमध्यबाट एलिशा घिमिरे लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

कार्यक्रमको संचालन संस्थाका सचीव यमलाल आचार्यले गर्नुभएको थियो ।