बुटवल । तिलोत्तमा नगरपालिका–२ शंकरनगरस्थित परमानन्द खरेल स्मृति प्रतिष्ठानले स्वर्गिय परमानन्द खरेलको १५ औँ स्मृति दिवसका अवसरमा तिलोत्तमा गौशालामा पौष्टिक आहार वितरण कार्यक्रम सम्पन्न गरेको छ । आइतबार तिलोत्तमा–१ स्थित तिलोत्तमा गौशालामा एक कार्यक्रमको आयोजना गरी त्यहाँ रहेका गाईगोरुलाई दैनिक रुपमा आबश्यक पर्ने सामग्री हस्तान्तरण गरीएको हो ।
उक्त कार्यक्रममा परमानन्द खरेल स्मृति प्रतिष्ठानका संरक्षक रेनुका खरेल, उनका छोरा किरण खरेल, प्रतिष्ठानका अध्यक्ष भुपाल कुमार श्रेष्ठ, उपाध्यक्ष टिकाराम घिमिरे, सचिव श्रिकृष्ण पोखरेल, सहसचिव चण्डी प्रसाद पाण्डे, प्रतिष्ठानका सदस्यहरु एजाज आलम, चुडामणी खरेल, ओमप्रकाश खरेल, प्रतिष्ठानका सल्लाहकार मोहन चापागाईँ, समाजसेवी सरस्वति खरेललगायतले तिलोत्तमा गौशालाका संयोजक श्याम अधिकारीलाई चापट, नुन, भेली लगायतका सामग्री प्रदान गरेका थिए ।
सोही अवसरमा प्रतिष्ठानका अध्यक्ष भुपाल कुमार श्रेष्ठले स्वर्गीय परमानन्द खरेलको योगदानलाई स्मरण गर्ने गरि प्रतिष्ठान स्थापना गरेर समुदायस्तरमा बिभिन्न सामाजिक काम गर्दै आएको बताए । गौशालामा अहिले ३५० भन्दा बढी गाईको संरक्षण गरिएको संयाजक अधिकारीले जानकारी दिए ।