वालिङ । शुक्रबार आँधीखोलामा पौडी खेल्दा बेपत्ता भएका विद्यार्थी मृत भेटिएका छन् । वालिङ बहुमुखी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत शिव पोख्रेल बायटारीस्थित वालिङ–१३ र गल्याङ–८ को सिमाना आँधीखोला किनारमा शनिबार मृत भेटिएका हुन् ।
हरिनास गाँउपालिका–५ वसन्तडाँडाका पोख्रेल वालिङ–८ विपिचोकमा डेरा गरी बसेर वालिङ बहुमुखी क्याम्पसमा अध्ययनरत थिए । पोख्रेल शुक्रबार वालिङ–११ अमलेस्थित आँधीखोलामा पौडी खेल्न गएका थिए ।