पुख्यौली पेशा अंगाल्दै समाजमा योगदान गरेका बिक दम्पती

मेचीकाली संवाददाता

५ भाद्र २०८१, बुधबार
1525 shares

मिलन गाहा मगर

बुटवल । बिगत दुई दशक अघि पाल्पाको फोक्सीङ्गकोट झोकेदीबाट बुटवल झरेर पुख्यौली पेशामा रमाएका यी दुई दम्पती अमृता बिक र रामप्रसाद बिक सुनचाँदी ब्यबसायी हुन् । यो जोडीले ब्यबसायमा लागेर समाज सेवामा पनि उत्तीकै महत्व दिएर लायन्स मार्फत सामाजीक सेवामा पनि काम गर्दे आएका छन् । पाल्पाली रामप्रसाद र अर्गाखाँचीकी अमृता पारीबारीक हिसाबमा पनि मिलेको एउटा सानो परीवार छ । एक छोरा एक छोरी सानो परीवार भएको यो दम्पत्ती २०५६ बाट बैबाहीक जिबनमा बाधीएको एक अशल जोडी हो । जसले समाजप्रतीको योगदानलाई प्राथमीकता दिएका छन् । मानब भएर जन्मेपछी मानबको सेवालाई धर्मका रुपमा यो दम्पत्तीले अंगालेका छन् ।

बिगतमा पाल्पाबाट बुटवलमा नुन तेल लिन आउने यो बटौलीमा पाल्पाबाट धेरै ब्यबसायीहरु यँहा आएर कर्म गरेका छन् । आफुले गरेको कर्मले समाजमा योगदान दिने र समाज उत्थान र समाजमा भएका बिभीन्न दुरीहहरुलाई हटाउदै समानता र समान हिसाबले अगाढी बढाउने यी दुई दम्पतीको अभीयान पनी छ ।

बटौलीको मुख्य सहर अमरपथमा रम्भादेबी सुनचादी पशल सञ्चालन गर्दे आएको करीब २३ बर्ष पुगेको छ भने केही बर्ष अगाढीबाट संयुक्त अबरब ईमीरेट्सको बरदुबई सहरमा नेपाली ज्वेलर्सको नामबाट समेत सञ्चालनमा आएको छ । जहां नेपालीहरु अत्याधीक रुपमा बस्ने गर्दछन् । र नेपालीहरुको बस्ने रोजाईको ठाउ पहीलो प्राथमीकतामा पर्छ । दुबईको बसाईमा मैलेपनी याहाको रहनसहनमा केही समय रम्ने अबशर पाएको थिए । नेपाल मगर संघ दुबईको आयोजनामा भएको माघे सकराती पर्बमा त्याहा जाने अबशर पाएको थिए मेरो मित्र नयन जिएम त्याहाको नेतृत्वमा भएकाले मेरा लागी अबसर भयो ।
नेपाल देखी बिदेशसम्म आफ्नो ब्यबसाय सञ्चालन गर्दा यी दुई दम्पतीले धेरै संघर्ष गरेका छन् । आफुले सञ्चालन गरेको ब्यबसाय बाट अधीक मानीसले रोजगारी समेत पाएका छन् । बर्तमान अबस्थामा बेरोजगारी संख्या अधीक भएपनी सुनचादी ब्यबसायमा रोजगारी राम्रो र काम गर्न सकेमा आम्दानीको श्रोतपनी राम्रै रहेको छ । सैयौको संख्यामा यस क्षेत्रमा रोजगारले धेरैको घरमा चुलो बलेको छ ।

पेशा ब्यसाय जुनसुकै होस तर इमानका साथमा गरेको कामले मानीसलाई अगाढी बढाउन मद्धत गर्दछ । सुनचादी ब्यबसायी लगानीका हिसाबले महंगो हुनाले पनी यस क्षेत्रको लगानी डुब्ने खतरा हुँदैन । तर यो ब्यबसाय सुरक्षाका हिसाबमा निकै जोखीम मोल्नुपर्ने बाध्यता छ ।

यो ब्यबसायमा सानो लापरबाहीका कारण पनी ग्राहकहरु ठगीने सम्भाबना भएकाले नियमनकारी निकायहरु चनाखो हुनुपर्नेछ । नापतौल यसको गुणस्तर र यसमा हुने बेथीतीमा भने ब्यबसायी आफैमा सचेत रहेर ईमानका साथमा काम गर्नु पर्ने अबस्था छ ।यस्ता धेरै चुनौतीमा काम गर्दे रम्बादेबीले ब्यसाय संगै समाज सेवामा पनी योगदान गर्ने अभीयान चालेको छ । समाजसेव ागर्ने बिभीन्न माध्यम संगै पाल्पाली समाजमा पनि रहेर मन फुकाएर सहयोग गर्ने बानी यो दम्पतीको छ ।

तिजको अबशरमा बिभीन्न समयमा रम्बादेबीले महीला दिदीबहीनीलाई लक्षीत गरेर बिभीन्न कामहरु गर्दे आएका छन् । ब्यबहारमा सरल मानीने यी दुई दम्पतीको जोडीले समाजमा गरेको योगदानले पैशा कमाउने मात्र होईन समाजमा सेवापनी गर्न जरुरी रहेको प्रेरणा समेत दिएको छ । सुनचाँदी ब्यवसाय महंगो र लुटपाटपनी हुने सम्भाबना बढी भएकाले यसको सुरक्षामा राज्यको उपस्थीती हुन जरुरी रहेको छ र संबेदनशीलपनी उत्तीकै हुनुपर्ने छ ।

बिभीन्न समयमा बुटवल आसपासमा बिभीन्न सुनचाँदी ब्यबसायीहरु यसको मारमा परेको घटना नभएको होईन । सहरमा सुरक्षाका लागी सिसी क्यामेरा र सुरक्षाका बिभीन्न मापदण्ड अपनाउन जरुरी छ । जसबाट सुनचाँदी ब्यबसायी हरु सुरक्षीत हुन सक्छन् ।
सुनचाँदी महंगो हुँदा यसको ब्यापार केही घटेपनी लगनका बेलामा बाध्यताबश खरीद गर्नुपर्ने हुन्छ । बर्तमान परीस्थीतीमा कोभीड १९ सहीत बिश्व परीदृष्यमा युद्ध र यसको प्रभाबले सुनचाँदी महंगो हुंदै गएको हुँदा सर्बसाधारणको पहुंचमा समस्या हुंदै गएको छ । हुनेखानेका लागी समस्या नभएपनी हुदा खानेका लागी सुनचादी आकासको फलजस्तै बनेको छ । नारीको सौन्दर्यका लागी गहना अपरीहार्य चिज मानीन्छ । अधिकांश पुरुष भन्दा पनी चेलीहरुका लागी बन्ने सुनचादीका गरगहनाहरु ३०० भन्दा बढी किसीमका गहनाहरु बजारमा पाउन सकीन्छ ।

सुनचादी र हिराको गहना सुरक्षाका हिसाबमा पनी समस्या रहेको छ । यसकै कारण मानीसको ज्यान समेत जाने गर्दछ सुरक्षाका हिसाबमा धेरै नै सचेतना अपनाउन आबस्यक छ ।
यो क्षेत्रमा नेपाली कालीगढ कम भएकाले भारतीय र बंगालीहरु यसको क्षेत्रमा बढी अब्बल देखीन्छ नेपाली रोजगार छैन भनेर भौतारीएर हरेक दिन अन्तराष्ट्रीय बिमानस्थलबाट सपना बोकेर बिदेशीने गर्छन भने यो सिप सीकेर यही काम गर्न सकेमा भने सुरक्षीत हुन सकीने र आफ्नै देशमा आफ्नै परीवार संग सुखको जिबन जिउन सकीन्छ । आफ्नो मुलुकमा केही गर्न समस्या हुने बिदेशी भुमीमा जस्तोसुकै काम गर्न तयार हुने नेपाली परम्पराले निकै गाजेको छ ।

रामप्रसाद र अमृताको ब्यबसायले आफु मात्र नभएर रोजगार प्रदान गर्ने र समाजमा पर्ने बिभीन्न समस्या र असहायका लागी पनि केही गर्नु पर्ने भाबना बोकेर सेवाभाब पनि निरन्तरता पनी दिएका छन् ।