लायन्स क्लब अफ शुद्दोधनद्वारा स्टेसनरी तथा खेलकुद सामाग्री वितरण

मेचीकाली संवाददाता

७ भाद्र २०८१, शुक्रबार
176 shares

 

तुलसीराम पौडेल –

सियारी, भाद्र ७ 

रुपन्देहीको शुद्दोधन गाउँपालिका स्थित लायन्स क्लब अफ शुद्दोधनले सामाजिक सेवा  कार्यक्रम अन्तरगत सियारी गाउँपालिका -३ जङ्गहत्था स्थित सरस्वती आधारभुत विद्यालयमा  विद्यार्थीहरुलाई बिहीबार एक कार्यक्रमको आयोजना गरि स्टेसनरी तथा खेलकुदका सामाग्री वितरण गरेको छ। सियारी गाउँपालिका वडा नम्बर -३ का वडा अध्यक्ष रामचन्द्र कुर्मिले कार्यक्रमको उद्दघाटन गर्नुभयो ।सो अवसरमा लायन्स क्लबको विद्यालय प्रतिको शैक्षिक योगदान अमुल्य रहेको बताउनु भयो ।

कार्यक्रम लायन्स क्लब शुद्दोधनका अध्यक्ष ऋषिराम आलेको अध्यक्षता तथा सियारी गाउँपालिका वडा नम्बर -३ का वडा अध्यक्ष रामचन्द्र कुर्मिको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा कलस्टर चिफ लायन यमकान्त गैरे ,रिजन चेयर पर्सन लायन कुमार तामाङ ,रिजन चेयर पर्सन लायन बिष्णु उपाध्याय , जोन चेयर पर्सन प्रकाश आत्रेय ,सरस्वती आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष देवनारायण थारु ,सरस्वती आधारभुत विद्यालयका सहायक प्रधानाध्यापक ललिता खनाल ,लायन्स क्लबका कपिल अर्याल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

संस्थापक सदस्य एवं कार्यक्रम संयोजक लायन दामोदर श्रेष्ठको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन सदस्य लायन लजिस्मा केसिले गर्नुभएको थियोे ।