सिटिइभिटी कर्मचारी संगठन लुम्बिनीको अध्यक्षमा निरज तिवारी

मेचीकाली संवाददाता

८ भाद्र २०८१, शनिबार
449 shares

बुटवल, भदौं ८ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) कर्मचारी संगठनको प्रथम लुम्विनी प्रदेश अधिवेशनले निरज तिवारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा विमल घर्ती मगर, सचिवमा बालकृष्ण कंडेल, सहसचिवमा मोहम्मद अबुतालीम र कोषाध्यक्षमा सुवास पुलामी चयन भएका छन । त्यस्तैगरी सदस्यहरुमा सुचिता चौधरी, मदनबहादुर शाही, मनिस भगत र प्रदीप चौधरी रहेका छन । पार्वती रोकायाको अध्यक्षता, गोपालबहादुरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । नेकपा एमाले बुटवल उपमहानगर पालिका अध्यक्ष कमरेड किसन ज्ञवाली, लुम्विनी प्रदेश डाइरेक्टर गोपालप्रसाद आचार्य, कोरिया नेपाल बहुप्राविधिक शिक्षालयका शिक्षालय प्रमुख नवीन किसोर गैरे, कर्मचारी संघ लुम्विनी प्रदेश अध्यक्ष श्री हुम बहादुर महतरा लगायतले बोलेका थिए ।