स्थापना दिवसको अवसरमा पशु आहार वितरण

मेचीकाली संवाददाता

१९ भाद्र २०८१, बुधबार
90 shares

बुटवल । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको उपलक्ष्यमा नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीले बिभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । युनियनले बुटवल उपमहानगरपालिका वार्ड नम्बर-७ शिवनगरमा रहेको नन्दिनी गौशालामा पशु आहार वितरण गरेको हो ।

नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणी पाण्डेको अध्यक्षता, तथा नेपाली कांग्रेस रूपन्देहीका सभापति एवं तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सोही अवसरमा बोल्दै खाणले गौ संरक्षणमा सवै जुट्नु पर्ने र सबैले आफु सक्दो खानाको व्यवस्था गर्ने भने गौमाताको रक्षा सहज ढंगले हुने बताउँदै कर्मचारी युनियनको स्थापना दिवशको अवसरमा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुमा शुभकामना व्यक्त गरे ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं २ का सभापति प्रजापाल गिरी, बुटवल उपमानगरपालिका वडा नं ४ का वार्ड अध्यक्ष नरिश्वर शर्मा पौडेल लगायतले बोल्दै गौ संरक्षणमा स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारले बिशेष चासो राख्नुपर्ने बताए ।

कार्यक्रमकका अध्यक्ष चक्रपाणी पाण्डेले युनियनले सामाजिक उत्तरदायित्व बहन गर्दै समाजका लागि सदैव लागिरहने बताए । साथै उनले युनियन दिवसको उपलक्ष्यमा सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरूम कार्यसम्पादनमा अझ बढि निखारता आओस् भन्दै शुभकामना व्यक्त गरे ।

कार्यक्रम टेकराज पन्थीको स्वागत तथा सिबिए रुपन्देहीका उपाध्यक्ष भोजराज न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।