गुफा सहकारीको अध्यक्षमा पौडेल, सचिवमा गिरी

मेचीकाली संवाददाता

३ आश्विन २०८१, बिहीबार
76 shares

बुटवल, असोज ३ । गुफा कृषि सहकारी संस्था लिमिटेडको दशौ साधारण सभा तथा चौथो अधिवेशन वुटवलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कुन्जरमणि घिमिरेको अध्यक्षता रहेको थियो । प्रमुख अतिथि लुम्विनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्रि दिनेश पन्थीको आतिथ्यता रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव विमल घिमिरेले गरेका थिए । भने, स्वागत उपाध्यक्ष कलाधर पन्थीले गरेका थिए ।
कार्यक्रममा वोल्दै पूर्व अध्यक्ष टेकराज पन्थीले सहकारीमा आउन छुटेकाहरुहरु पनि सहकारीमा गोलवद्ध हुन आग्रह गरे । त्यस्तै संस्थापन अध्यक्ष महेन्द्र गिरीले सहकारीलाई व्यवस्थित तरिकाले अगाडि बढाउनुपर्ने र आएका ऐन नियम अनुसार संस्थालाई अगाडि वढाउनुपर्ने बताए । मन्त्री दिनेश पन्थीले यस गुफा कृषि सहकारीले गरेको प्रगति उत्कृष्ट रहेको भन्दै प्रशंसा व्यक्त गरे । उनले प्रगतिको वाटोमा अगाडि वढाउनको लागि मैले मेरो मन्त्रालयवाट हुने सम्पूर्ण सहयोग सदैव रहने बताए । कार्यक्रममा अतिथिहरु संस्थाका सल्हाकारहरु भिमकान्त पन्थी, रामप्रसाद पौडेल विष्णु गौतम घिमिरे, गुनाराम घिमिरे, टेकराज पन्थी महेन्द्र गिरी लगायतको उपस्थिति रहेको थियो ।
उक्त अधिवेसनले चन्द्रकान्त पौडेलको अध्यक्षतामा लेखासमिति सहित ११ जनाको समिति गठन गरेको छ । जसको उपाध्यक्षमा तारा गौतम सचिवमा गोकर्णराज गिरी कोषाध्यक्षमा महेन्द्र घिमिरे छन् । त्यस्तैगरी सदस्यहरुमा मधु घिमिरे दिपक पौडेल (डोरराज) अनिल पन्थी अमृत घिमिरे हरि पराजुली छन । लेखा समितिको संयोजकमा जुना पराजुली सदस्यमा लक्ष्मी घिमिरे भट्टराई र हरि पराजुली रहेका छन । नवनिर्वाचित समितिलाई निर्वाचन समितिका सदस्य कृष्ण पन्थी र चिरञ्जीवी देवकोटाले टिका र खादा सहित शुभकामना दिएका थिए । निर्वाचन निर्वाचन मन्डलका संयोजकले प्रमाण पत्र वितरण गर्दै नयाँ टिम युवा टिम भएकोले सहकारी लाई अगाडि बढाउने बताए । सहकारीलाई अग्रजको सल्लाह लिँदै सहकारिलाई चुष्त र दुरुस्त राख्न पनि आग्रह गरे । बन्दसत्रको कार्यक्रम गुनाराम घिमिरेको अध्यक्षता तथा कृष्ण पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।