सियारी गाउँपालिकामा पोषण सम्बन्धि अभिमुखिकरण

मेचीकाली संवाददाता

९ आश्विन २०८१, बुधबार
142 shares

 

तुलसीराम पौडेल —

सियारी ,भाद्र ९ 

रुपन्देही  स्थित सियारी गाउँपालिकामा पोषण एवं खाद्य सुरक्षा सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ।

सियारी गाउँपालिकाको आयोजनामा तथा  सेतो गुराँस बाल विकास सेवा रुपन्देही ,हेलन केलर इन्टरनेसनल IDE को संयुक्त सहयोगमा पालिका स्तरीय परियोजना ,सल्लाहकार समिति एवं पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति सगको बैठक तथा छलफल कार्यक्रम मंगलवार सम्पन्न भयो । 

सियारी गाउँपालिका उपाध्यक्ष तारादेवी चौधरीले कुपोषण हटाउन सवभन्दा पहिला हामीले भान्सा सुधार्नुपर्ने बताउनु भयो ।बजारमा पाइने  विषादीयुक्त खानालाई निषेध गरि घरमै बनाएर खानुपर्ने कुरालाई सचेतना फैलाउनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा सेतो गुराँस बाल विकास सेवा रुपन्देहीका निवर्तमान अध्यक्ष शकुन्तला पुन ,पोषण मार्फत जिवन रुपान्तरण परियोजना कार्यक्रम संयोजक मिनु पुन श्रेष्ठ ,

IDE का कृषि अधिकृत प्रदिपराज पाण्डे ,हेलन केलर इन्टरनेसनल प्राविधिक अधिकृत जितेन्द्र कोहारले पोषण अवस्था र खाद्य सुरक्षा सम्बन्धि जानकारी दिनु भएको थियोे ।

सियारी गाउँपालिका उपाध्यक्ष तारादेवी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रम स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तिले गर्नुभएको थियोे ।