सियारीमा जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य उपचार

मेचीकाली संवाददाता

१५ आश्विन २०८१, मंगलवार
154 shares

 

तुलसीराम पौडेल 

सियारी, असोज १५ 

 रुपन्देहीको सियारी गाउँपालिकामा  जेष्ठ नागरिक तथा अपाङगता भएका व्यक्तिहरुको घरमै पुगेर स्वास्थ्य परिक्षण गरिएको छ।
जेष्ठ नागरिक तथा अपाङगता भएका व्यक्तिहरुको उपचारको   लागि घरमै पुगेर स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम शुरु  गरिएको गाउँपालिकाले जानकारी दिएको छ। । स्वास्थ्य परिक्षणको साथसाथै आवश्यक औषधि समेत दिइएको छ


गतवर्ष   पनि गाउँपालिकाका सम्पूर्ण   वडामा पुगेर स्वास्थ्य परिक्षण गरिएको सियारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तिले जानकारी दिनुभयो ।

  स्वास्थ्य परिक्षण तथा औषधी उपचारका लागि गाउँपालिकाले   एक जना नर्स र एक पारामेडिक्स गरी दुई जना स्वास्थ्य स्वमसेवक खटाएको छ । 

सियारीमा दुई हजारको हाराहारीमा जेष्ठ नागरिक तथा असक्त असहाय रहेका छन् ।गाउँपालिकाले ७० बर्ष माथिका जेष्ठ नागरिकहरुको लागि मुटु, मधुमेह, दम, कोलेस्ट्राल लगाएका दिर्घरोगका जाँच गर्दै औषधी समेत प्रदान गर्दै आएको स्वास्थ्य शाखा प्रमुख घर्तिले  बताउनु भयो  । 

 गतवर्ष पनि गाउँपालिकाका   १ हजार ८ सय ४ जनाको स्वास्थ्य परिक्षण गरिएको  स्वास्थ्य शाखा प्रमुख घर्तिले बताउनुभयो   । 

गाउँपालिकाले जेष्ठ नागरिकको रगत, पिसाव, खकार, मलेरिया जाँच पनि गर्ने गरेको छ । गाउँपालिकाले गरेको कार्यबाट स्थानिय जेष्ठ नागरिक खुसि देखिएका छन् । उनीहरुले घरमै उपचार पाउदा आफुहरुलाई निकै सहज भएको भन्दै यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए  ।  

घरबाहिर निस्किन नसक्ने र फरक क्षमता भएका व्यक्तिहरुका लागि उपचारमा सहज होस् भन्ने उदेश्यले घरदैलोमा पुगेर स्वास्थ्य परिक्षण तथा औषधी प्रदान गर्न लागिएको र यो कार्यक्रमलाई निरन्तरता दिइने  गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले बताउनुभयो  । 

जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरुका लागि गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो  । गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमा जेष्ठ नागरिक तथा अपाङगता भएका व्यक्तिहरुलाई घरमै पुगेर औषधी उपचार गर्ने कार्यक्रम देखि लिएर सुत्केरी महिलासंग उपाध्यक्ष लगाएतका कार्यक्रम समावेश गरिएको पालिका  अध्यक्ष  घिमिरेले बताउनु भयो।