तुलसीराम पौडेल —
सियारी, असोज १८
रुपन्देही स्थित सियारी गाउँपालिकामा पोषण मार्फत जिवन रुपान्तरण परियोजना अन्तरगत स्वास्थ्यकर्मीहरुको लागि शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन सम्बन्धि पुनर्ताजगी तालिम शुक्रबार एक कार्यक्रमका बीच सम्पन्न भयो ।
सियारी गाउँपालिकाको आयोजना तथा हेलेन केलर इन्टरनेसनल ,iDE Nepal र सेतो गुराँस बाल बिकास सेवा रुपन्देहीको सहयोगमा स्वास्थ्यकर्मीहरुको लागि शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन सम्बन्धि पुनर्ताजगी तालिम सम्पन्न भएको हो ।
स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धिका लागि शीघ्र कुपोषण व्यवस्थापन सम्बन्धि जानकारी स्पष्ट पार्ने,संस्था तथा परियोजनाको वारेमा जानकारी गराउने ,सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुको तालिमका लागि छलफल mass sreenig का लागि स्थान निर्धारण गर्ने
लगायतका विषयवस्तु यस तालिमका उदेश्यहरु रहेका छन् ।
तालिममा प्रशिक्षकहरु हेलेन केलर इन्टरनेसनल प्राविधिक अधिकृत जितेन्द्र कोहार ,कार्यक्रम संयोजक मिनु पुन श्रेष्ठ ,पोषण मार्फत जिवन रुपान्तरण परियोजनाको वरिष्ठ कार्यक्रम लुम्बिनी प्रदेश संयोजक भरत शर्माले कुपोषण व्यवस्थापन सम्बन्धि प्रशिक्षण दिनुभएको थियो ।
सियारी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ॠषिराम पन्थीको अध्यक्षता, सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेको प्रमुख आतिथ्यता, सामुदायिक परिचालक प्रदीप चौधरीको समन्वयमा सम्पन्न कार्यक्रमको संचालन स्वास्थ्यशाखा प्रमुख बुद्धि बहादुर घर्तिले गर्नुभएको थियोे ।