शुद्धोधन सहकारीको १७औ वार्षिक साधरण सभा

मेचीकाली संवाददाता

२१ आश्विन २०८१, सोमबार
109 shares

तुलसीराम पौडेल

सियारी, असोज १९

रुपन्देहीको सियारी गाउँपालिका -७ पश्चिम अमवा स्थित शुद्धोधन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ वार्षिक साधरण सभा शनिबार सम्पन्न भयो। सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले साधरण सभाको उद्घाटन गर्नुभयो।  कार्यक्रममा  रुपन्देहीका

साधरण सभामा यस आर्थिक वर्ष २०८०/८१ मा यस संस्थाको कुल अनुमानित आम्दानी रु. ४ करोड १७ लाख ४० हजार ७५१ रुपैयाँ ३१ पैसा तथा कुल अनुमानित खर्च रु. २ करोड ६७ लाख १० हजार भएकोमा कुल यथार्थ खर्च २ करोड २३ लाख ९१ हजार ८२० रुपैयाँ ३३ पैसा भई कुल १ करोड ९३ लाख ४८ हजार ९ सय ३० रुपैयाँ ९८ पैसा शुद्ध नाफा गरेको छ। यसरी आर्थिक वर्ष २०८१/८२ मा यस संस्थाले कुल आम्दानी ४ करोड ७५ लाख ५ हजार रुपैयाँ तथा कुल सम्भावित खर्च २ करोड ६४ लाख ९५ हजार गरि शुद्ध नाफा २ करोड १० लाख १० हजार रुपैयाँ आर्जन गर्ने लक्ष्य लिएको छ। यस सहकारीले आफ्ना शेयर सदस्यहरुलाई १८% लाभांश (बोनस) वितरण गरेको छ। 

यस संस्थाको शेयर पुजी ५ करोड ७६ लाख १३ हजार ८ सय रुपैयाँ भएको छ भने बचत २० करोड २० लाख ३० हजार ४ सय ४० रुपैयाँ ४२ पैसा र ऋण लगानी २८ करोड ५३ लाख ६४ हजार ७ सय ८७ रुपैयाँ ४९ पैसा रहेको छ। ऋण लगानी ५७१ जनालाई गरिएको छ। यस सहकारीमा १३०१ जना पुरुष र ११४० जना महिला गरि कुल २४४१ जना शेयर सदस्यहरु रहेका छन् । साधरण सभामा असल कारोबारी र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ। सहकारीका अध्यक्ष मिननाथ शर्माको अध्यक्षता , सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। सहकारीका अध्यक्ष मीननाथ शर्माबाट वार्षिक प्रतिवेदन , कोषाध्यक्ष लाल बहादुर घर्ती क्षेत्रीबाट आर्थिक प्रतिवेदन, लेखा समिती संयोजक हरि न्यौपानेबाट लेखा प्रतिवेदन प्रस्तुत रहेको थियो।

सहकारीका उपाध्यक्ष कृष्ण प्रसाद नेपालको स्वागत मन्तव्य सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पङ्गेनी, रुपन्देही बचत तथा ऋण सहकारी संघका अध्यक्ष बसन्त प्रसाद ढकाल, संस्थाका संस्थापक अध्यक्ष अजय अधिकारी ,सहकारी संजाल सियारीका अध्यक्ष सुर्यनारायण यादव, जिल्ला सहकारी संघका सदस्य हुमकान्ती न्यौपाने, द्वारिका कृषि सहकारी संस्थाका अध्यक्ष खगुपती न्यौपाने , सियारी वार्ड नं. ७ का अध्यक्ष दिपक कुमार शाही, असल बचत तथा ऋण सहकारीका अध्यक्ष सालिकराम बस्याल, भृकुटी कृषि सहकारीका उपाध्यक्ष ध्रुव नेपाल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।

कार्यक्रमको संचालन सहकारीका सचिव टंक नारायण आचार्यले गर्नु भएको थियो।