सियारी अध्यक्ष कपको विजेता नवदुर्गा युवा क्लब

मेचीकाली संवाददाता

२७ कार्तिक २०८१, मंगलवार
152 shares

तुलसीराम पौडेल ——–

सियारी, कार्तिक २६ 

रुपन्देहीको सियारी गाउँपालिका अन्तरगत वडा नम्बर ७ पश्चिम् अमवाको जनता माविको खेलमैदानमा संचालित सियारी अध्यक्ष कप दोस्रो रनिङ्गशिल्ड प्रतियोगिता सोमबार सम्पन्न भएको छ। कार्तिक २३ गतेदेखि २६ गतेसम्म संचालित सियारी अध्यक्ष कप दोस्रो रनिङ्गशिल्ड प्रतियोगितामा सियारी वडा नम्बर १ को  नवदुर्गा युवा क्लब 

विजेता हुन सफल भएको छ।त्यसै गरि सियारी वडा नम्बर १ कै हाटी अमवा  युवा क्लब उपविजेता हुन सफल भएको छ। सोमबार सम्पन्न फाइनल खेलमा नवदुर्गा युवा क्लब र हाटी अमवा युवा क्लब प्रतिस्पर्धामा भिडेका थिए ।प्रतियोगितामा नवदुर्गा युवा क्लबले १ का विरुद्ध ४ गोलको अन्तरले हाटी अमवा युवा क्लबलाई पराजित गरी विजेता बन्न सफल भएको थियो ।

फाइनल प्रतियोगिता अन्तरगत नवदुर्गा युवा क्लबका जर्सी नम्बर ११ का सुगम अधिकारीले पहिलो हाफको १० औं मिनेटमा टिमको पहिलो गोल ,सोही टिमका जर्सी नम्बर ५ का सुविन विकले पहिलो हाफको १३ औं मिनेटमा दोस्रो गोल,सोही टिमकै जर्सी नम्बर ७का सुगम सेनले  प्रहिलो हाफको ३२ औ मिनेटमा तेस्रो गोल र जर्सी नम्बर ८ का अजय पासिले दोस्रो हाफको १९ औं मिनेटमा चौथो गोल हासिल गरेका थिए ।

त्यसै गरि हाटी अमवा युवा क्लबका जर्सी नम्बर ४ का भुसाल केवटले पहिलो हाफको २८ औं मिनेटमा १ गोल गरेका थिए ।  प्रतियोगितामा विजेता टिमलाई नगद एक लाख एक हजार शिल्ड र ट्रफी दिइएको थियोे भने उपविजेता टिमलाई ५१ हजार र ट्रफी दिइएको थियो ।

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंले खेलाडीहरुले खेलकुदको माध्यमबाट रास्टिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षेत्रलाई चिनाउनु पर्ने बताउनु भयो । सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले गाउँपालिकाका सम्पूर्ण खेलाडिहरुको लागि खेलकुदका सामाग्रीहरु गाउँ पालिकाको तर्फबाट पुर्ण रूपमा प्रदान गरिने बताउनुभयो। गाउँपालिका प्रवक्ता तथा वार्ड नम्बर ७ का वडा अध्यक्ष दिपक कुमार शाहीले पालिका अन्तरगतका खेलाडीहरुलाई खेल शिक्षकबाट प्रशिक्षण गर्ने व्यवस्था मिलाइने बताउनु भयो।कार्यक्रममा सियारी गाउँपालिकाबाट रास्टिय गोलकिपरको रूपमा नेपालबाट पाजिकिस्तानमा प्रतिनिधित्व गर्ने सुवर्ण अवसर प्राप्त गर्न सफल सियारी वडा नम्बर १ का विशाल सुनारलाई दोसल्ला औढ्याइ कदर पत्र सहित सम्मान गरिएको थियोे ।खेलकुद विकास समिति संयोजक गोपाल ज्ञवालीको अध्यक्षता, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा थारु ,प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थी , शिक्षा शाखा प्रमुख सुधिर पौडेल ,जनता मावि बिधालय व्यवस्थापन समिति अध्यक्ष केशव अधिकारी लगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रमको संचालन शिक्षा समिति सदस्य इन्द्र तिवारीले गर्नुभएको थियोे ।