तुलसी राम पौडेल
शुद्धोधन , मङ्सिर ३
रुपन्देहीको शुद्धोधन गाउँपालिका – २ भुजौली स्थित सहर्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औ साधरण सभा शनिबार सम्पन्न भयो।
कार्यक्रम संस्थाका अध्यक्ष बिष्णु गौतमको अध्यक्षता, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंको प्रमुख आतिथ्यता, शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको विशिष्ट आतिथ्यता, शुद्धोधन गाउँपालिका वडा नं २ का वडा अध्यक्ष कमल खड्काको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।
सहकारीका उपाध्यक्ष मनोज गुरुङको स्वागत मन्तव्य र सहकारीका सचिव देवराज पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा शुद्धोधन गाउँपालिका सहकारी विभाग प्रमुख मान बहादुर भण्डारी, साना किसान सहकारी संस्थाका धना बराल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो।
साधरण सभा सम्पन्न भएपछि पुनः एक कार्यक्रमको आयोजना गरी सहर्ष बचत तथा ऋण सहकारी संस्था र शुद्धोधन – २ मा स्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्था बीच एकीकरण घोषणा सभा सम्पन्न भएको थियो। एकीकरण घोषणा सहर्ष बचत तथा ऋण सहकारीका अध्यक्ष बिष्णु गौतमको अध्यक्षता , उद्यमशील बचत तथा ऋण सहकारीका अध्यक्ष अर्जुन पौडेलको स्वागत मन्तव्य र सहर्ष बचतका सचिव देवराज पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।