तुलसीराम पौडेल
सियारी , मङ्सिर १
रुपन्देहीको सियारी गाउँपालिका -५ बनघुसरी स्थित संचय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ वार्षिक साधरण सभा शनिबार सम्पन्न भयो। सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले साधरण सभाको उद्घाटन गर्नुभयो। सो अवसरमा बोल्दै उहाँले पालिका भित्रका सहकारीहरुको गतिविधिहरुलाई अनुगमन गरि आवस्यक ठाउँमा सुधार गरिने बताउनुभयो।
कार्यक्रम सहकारीका अध्यक्ष यम बहादुर रोकाहाको अध्यक्षता र सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो।
सहकारीका अध्यक्ष यम बहादुर रोकाहाबाट संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत , लेखा समिति संयोजक थम्मन बहादुर पौडेलबाट लेखा प्रतिवेदन प्रस्तुत रहेको कार्यक्रममा सियारी वार्ड नं ५ का वडा अध्यक्ष धनपति खरेल, लिग्जा कलेजका प्रमुख लोक शर्मा बस्याल, संस्थाका सल्लाहकार प्रेम बहादुर रोकाहा, मिन प्रसाद भट्टराई , साना किसान सहकारीका अध्यक्ष सुमन भण्डारी खरेल, जेष्ठ नागरिकको तर्फबाट उमानाथ भट्टराई लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।
सहकारीका उपाध्यक्ष भागीरथ (रवि) पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सहकारीका संचालक समिति सदस्य तिला कुमारी पराजुलीले गर्नुभएको थियो।