एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार

मेचीकाली संवाददाता

५ मंसिर २०८१, बुधबार
190 shares

बुटवल। एम्स कलेज, बुटवलले आफ्ना विद्यार्थीहरुलाई प्रविधिमैत्री बनाउन समग्र शैक्षिक उन्नोयन, वृत्ति विकास र अर्थ उपार्जनकालागि डिजिटल रुपान्तरण विषयमा सेमीनार सम्पन्न भएको छ । सेमीनारमा प्रशिक्षक आईडिया फ्यूजनका कार्यकारी निर्देशक एवं इड्राईभका अध्यक्ष राजकुमार गुप्ताले प्रशिक्षण दिएका थिए ।

गुप्ताले सहभागीविद्यार्थीहरुलाई डिजीटल बजारीकरण त्यसको उपयोग र प्रभावको बारेमा अभिमुखीकरण गरे । साथै उनले कृतिम बोद्धिकताको प्रयोगको बारेमा जानकारी गराउदै फेसबुक, हवाट्स एप, इन्सटाग्राम जस्ता सामाजिक संजालबाट सिर्जनशिल कार्यहरुगरी अर्थ आर्जनका साथै वृत्तिविकाश गर्न सहभागीहरुलाई उत्प्रेरित गरे ।

सामाजीक सञ्जालको व्यापक प्रयोग र त्यसको सहि सदुपयोग नभैरहेको अवस्थामा अब विद्यार्थीहरुलाई त्यसको उचित उपयोग गर्दै ज्ञानको भण्डार बढाउन र अर्थ आर्जनको साधन बनाउन सिर्जनशिल कामकालागी ब्यवसायीक ट्रोल, मिडीया, रिल आदि बनाउन सिकाईने क्याम्पस प्रमुख दीपक ढकाल ढकालले बताए ।

क्याम्पस प्रमुख दीपक ढकाल एवं प्राध्यापक गोविन्द शर्मा बस्यालको सञ्चालनकमा भएको कार्यक्रममा स्कलर्स होम स्कुलका सहप्राचार्य टीकाराम गौतम, प्लस टु संयोजक चेत नारायण पन्थी स्टेरलाइङ्ग इन्टरनेशलन स्कुलका प्रमुख धिरेन राकस, सुरज शाक्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ६५ जनाविद्यार्थीहरुको सहभागीता रहेको थियो ।