निजामती कर्मचारी संगठन रुपन्देहीको संगठन विस्तार तथा शुद्धिकरण अभियान

मेचीकाली संवाददाता

७ मंसिर २०८१, शुक्रबार
74 shares

बुटवल । नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले संगठन विस्तार तथा शुद्धिकरण अभियान (२०८१ मंसिर–पुष) शुरु गरेको छ । मंसिर र पुष महिनाभर सञ्चालन हुने संगठन विस्तार तथा शुद्धिकरण अभियान अन्तर्गत शुक्रबार देवदह नगर कार्यसमितिको प्रथम अधिवेशन सम्पन्न गरिएको छ भने अर्कोतर्फ सैनामैना नगर कार्यसमितिको पुर्नगठन गर्ने कार्य सम्पन्न भएको छ ।

नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीको सचिवालयको वैठकको निर्णयअनुसार संगठन विस्तार तथा शुद्धिकरण अभियान (२०८१ मंसिर पुष) अन्तर्गत रुपन्देहीका कार्यरत केन्द्र प्रदेश र जिल्ला कार्यसमिति रुपन्देहीका पदाधिकारी सदस्यहरु सहितको पालिका पालिका पुगेको संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालले बताए ।

सैनामैनामा भएको पुनर्गठन कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवं वुटवल उपमहानगरपालकाका पुर्व प्रमुख शिवराज सुवेदीले पेशागत क्षेत्रको अगुवा संगठन नेपाल निजामती कर्मचारी संगठनले संचालन गरेको संगठन विस्तार तथा शुद्धिकरण अभियानमा जोडीएर नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध हुन सम्पुर्ण कर्मचारीहरुलाई आव्हान गर्दै सैनामैना नगरको विकासको निमत्त कर्मचारीहरुले सेवाभाव अनुसरण गरी निश्पक्ष ढंगले कार्य सम्पादन गर्न सकेमा सुखि नेपाली र समृद्ध नेपाल बनाउन सकिने कुरामा जोड दिएका थिए ।

स्तै देवदहमा भएको प्रथम नगर अधिवेशनमा देवदह नगर प्रमुख ध्रुवराज खरेलले देवदहको विकासमा कर्मचारीहरुले खेलेको भुमिका उल्लेखनीय रहेको र नेपाल निजामती कर्मचारी संगठन नै पेशाकर्मीहरुको सच्चा अभिभावक भएकोले सम्पुर्ण कर्मचारीहरुलाई नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध हुन आब्हान गर्दै संगठन रुपन्देहीले संचालन गरेको संगठन विस्तार तथा शुद्धिकरण अभियानले कर्मचारीको मनोवल उच्च बनाउने गरी सफलता प्राप्त गरोस् भनी शुभकामना समेत दिएका थिए ।

नगर उपप्रमुख विध्यालक्ष्मी गुरुङ्गले कर्मचारी संगठनको नवनिर्वाचित कार्यसमितिले सम्पुर्ण कर्मचारीहरुको हकहितका लागि कार्य गर्नुपर्ने भन्दै संगठन विस्तार तथा शुद्धिकरण अभियान समयमै सम्पन्न होस भनी शुभकामना व्यक्त गरेकी थिईन ।
कार्यकर्ममा बोल्ने वक्ताहरुले संघीय निजामती सेवा ऐन, स्थानीय सेवा ऐन समयमै आउन नसक्दा कर्मचारीको मनोवल खस्केको हुँदा ती ऐन जारी गर्न तत्काल सरकारसँग आव्हान गरेका थिए ।

संगठन विस्तार एवं शुद्धिकरण अभियान अन्तर्गत रुपन्देहीका १६ वटै पालिकामा संगठनका नगर तथा पालिका अधिवेशन एवं पुर्नगठन कार्यक्रम मंसिर मसान्त भित्र सम्पन्न गरिने र अन्य कार्यालयहरुमा पुष मासन्त भित्र संगठन विस्तार एवं शुद्धिकरण अभियान अन्तर्गत प्रारम्भिक कमिटि गठन एवं सदस्यता नविकरण कार्य सम्पन्न गर्ने कार्यतालिका बनाएको संगठन रुपन्देहीले देवदह नगरपालिकामा मित्र बहादुर थापाको अध्यक्षातामा १५ सदस्यीय देवदह नगर कार्यसमिति र सैनामैनामा नगरपालिकामा शालिकराम रिजालको अध्यक्षतामा ११ सदस्यीय सैनामैना नगर कार्यसमिति गठन गरेको संगठन रुपन्देहीले बताएको छ ।