बुटवल, मंसिर १३ । एक्सेस एजुकेशन नेटवर्क प्रा.लि. बुटवलले आफ्नो २० औं स्थापना दिवस बिहीबार मनाएको छ । १९ वर्ष अघि स्थापना भएका र काठमाडौ सहित देशका मुख्य मुख्य शहरहरुमा ८ वटा शाखा रहेका छन । बुटवलमा एक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।
सो अवसरमा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले अध्ययनका लागि विदेश गए पनि पछि आफ्नै देशमा आएर केही गर्नुपर्ने बताए । तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले विद्यार्थीको रोजाइ वैदेशिक अध्ययन देखिएकोले भरपर्दो माध्यामबाट जानुपर्ने बताए । इक्यान रुपन्देहीका अध्यक्ष गिरीराज पाण्डेयले इक्यानमा आबद्ध कन्सलटेन्टी भरपर्दो हुने बताए ।
एक्सेस एजुकेशन नेटवर्कका सञ्चालक कमल भुसालले नेपाली विद्यार्थीहरुलाई न्यूजिल्याण्ड, अष्टे«लिया, क्यानडा, युके र अमेरिकामा अध्ययनका लागि पठाउन सहजिकरण गर्दै आइरहेको बताए । नेटर्वकका अर्का सञ्चालक विवेक बरुण भैरहवामा पनि शाखा सञ्चालनमा आउने तयारीमा रहेको बताए ।