

बुटवल, जेठ १९ । राष्ट्रकै उत्कृष्ट एंव लुम्बिनी प्रदेशको अग्रणी शैक्षिक प्रतिष्ठानका रुपमा स्थापित अक्सफोर्ड कलेजमा बि.बि.एस. तथा बि.एड. चौथो बर्षमा अध्ययनरत १२६ जना विद्यार्थीहरुलाई बि.बि.एस. तथा बि.एड. प्रथम, दोस्रो तथा तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको संयुक्त आयोजनामा रहेको कार्यक्रमको बि.बि.एस. तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी अविरल नेपालको अध्यक्षतामा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
कलेज सञ्चालक समितिका अध्यक्ष डा. अजित खनालको प्रमुख आतिथ्य,क्याम्पस प्रमुख मनोज मरासिनी तथा अक्सफोर्ड मा.वि.का प्राचार्य श्री दिनेश भुसालको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरुलाई टिका तथा खादा लगाई मायाको चिनो वितरण गरिएको थियो।उक्त कार्यक्रममा आफ्नो भनाई राख्दै कलेजका अध्यक्ष डा.अजित खनालले अक्सफोर्डले विद्यार्थीहरुलाई सैद्धान्तिक शिक्षामा मात्रै केन्द्रित नगरी उनीहरुलाई हरेक क्षेत्रमा दक्ष बनाउनका लागि शैक्षिक क्रियापलाप संगै आवश्यक अतिरिक्त कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए ।
त्यसैगरी क्याम्पस प्रमुख मनोज मरिसिनीले अक्सफोर्ड कलेज राष्ट्रकै उत्कृष्ट एंव अग्रणी संस्थाको रुपमा स्थापित गराउन प्राध्यापक,विद्यार्थी,प्रशासन र सञ्चालकहरुको अथक मेहनतबाट सम्भव भएको बताए ।
त्यसैगरी अक्सफोर्ड मा.वि.का प्राचार्य दिनेश भुसालले अक्सफोर्डका विद्यार्थीहरु राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक क्षमतामा अब्बल रहेका छन् भन्ने कुरा हाम्रा प्रिय विद्यार्थीहरुले प्रमाणित गरिरहेको बताए । त्यसै गरी अक्सफोर्ड कलेजका बि.बि.एस.÷बि.एड. का विभागीय प्रमुख विष्णु बस्यालले उत्कृष्ट नतिजाको निरन्तरतामा विद्यार्थी, प्राध्यापक र अभिभावकहरुको योगदान रहेको बताए । उक्त कार्यक्रम विद्यार्थीद्धय अस्मिता बराल तथा शर्मिला थापाले सञ्चालन गरेका थिए ।