लिग्जा कलेजको अध्यक्षमा पुनः गोपाल पाण्डे

मेचीकाली संवाददाता

२५ भाद्र २०८३, बिहीबार
1 shares

तुलसीराम पौडेल

सियारी । रुपन्देहीको सियारी गाउँपालिका–४ छपियास्थित लिलाधर घिमिरे छपिया जनता कलेज (लिग्जा) को सञ्चालक समितिको अध्यक्षमा पुनः गोपाल पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् ।

कलेजको हालै सम्पन्न १२ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले पाण्डेलाई सर्वसम्मत रूपमा दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो । अधिवेशनबाट समितिका सदस्यहरुमा पनि सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरुमा हरिबहादुर थापा, नन्दलाल यादव, ज्ञानदेवी थापा, गोपाल पोख्रेल, तेजप्रसाद खरेल, विश्वम्भर यादव, लेखनाथ भुसाल, कोपिला अधिकारी र रमेश विश्वकर्मा चयन भएका छन् ।

त्यसैगरी समितिको पदेन सदस्यहरुमा सियारी गाउँपालिका वडा नं. ४ का अध्यक्ष श्रीराम यादव अहिर, प्राध्यापक संघ सभापति केशवराज पौड्याल, स्ववियु सभापति आशिष जैसवाल र सदस्य सचिवमा कलेज प्रमुख लोक शर्मा बस्याल रहेका छन् । अधिवेशनले लेखा समिति पनि गठन गरेको छ । लेखा समिति संयोजकमा बिक्रम जैसवाल र सदस्यहरुमा यमलाल आचार्य तथा रामअचल यादव सर्वसम्मत चयन भएका छन् ।

नवनिर्वाचित संचालक समिति र लेखा समितिका पदाधिकारीहरुलाई बिहीबार कलेज परिसरमा आयोजित विशेष कार्यक्रमका बिच पदभार ग्रहण तथा शपथ ग्रहण गराइएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले कलेजको शैक्षिक गुणस्तर वृद्धि, भौतिक पूर्वाधार विकास र विद्यार्थी हितमा नयाँ कार्यसमितिले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन कलेजका वाणिज्य संकाय प्रमुख इन्द्रप्रसाद तिवारीले गरेका थिए ।