साई बाबा सप्लायर्सद्वारा डिलर्स प्रतिनिधिहरुलाई सम्मान

मेचीकाली संवाददाता

७ भाद्र २०८२, शनिबार
40 shares

बुटवल । बुटवल–१० स्थित सत्य श्री साई बाबा सप्लायर्सले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा आफ्ना सय बढी डिलर्स प्रतिनिधिहरुलाई शुक्रबार सम्मान गरेको छ । तीजको दरखाने कार्यक्रम तथा साँगेतिक प्रस्तुतीसहित डिलर्सका सदस्यहरुलाई सम्मान गरेको हो ।
कम्पनीका सञ्चालक पप्पुकुमार गुप्ताले सदस्यहरुलाई मायाका चिनो तथा सम्माद प्रदान गर्दै आगामी दिनमा सहकार्यलाई थप बलियो बनाउँदै लैजाने प्रतिवद्धता गरे । कम्पनीका मार्केटिङ प्रमुख ताराबहादुर बस्ने, नितु शाहा गुप्ता लगायतले शुभकामना व्यक्त गर्दै नेपालमा सँस्कृति र परम्पराले सम्पन्न भएको बताउँदै यसको संरक्षण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा लोक गागिया लालमाया थापा तथा नृत्यम कलाकेन्द्रका कालाकारहरुको प्रस्तुती रहेको थियो । साँगेतिक प्रस्तुतीसँगै विभिन्न रोमाञ्चक खेलहरुको आयोजना गरी विजेताहरुलाई आकर्षक गिफ्टह्याम्पर प्रदान गरिएको थियो ।