गार्गी ऐकेडमीमा डान्स आइडल प्रतियोगिता सम्पन्न

मेचीकाली संवाददाता

२० मंसिर २०८२, शुक्रबार
26 shares

बुटवल, मंसिर १९ । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीमा शुक्रबार डान्स आइडल प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीमा भएको नृत्य क्षमता प्रस्फूटल गराउने उद्देश्यसहित विद्यालयले आयोजना गरेको प्रतिष्पर्धामा कक्षा ४ रोज की छात्रा सृष्टी विक प्रथम भएकी छन । त्यस्तैगरी द्वितीयमा कक्षा ५ कि लोटसकी सचिना खरेल भएकी छन् । त्यस्तैगरी तृतीयमा कक्षा ६ लिली की मुन तुलाचन भएकी छन । कक्षा ४, ५ र ६ का विद्यार्थीबीच मंसिर ६ गतेदेखि सुरू भएको प्रतिष्र्धाको फाइनल राउण्डमा १९ जना छात्र÷छात्रा पुगेका थिए ।
उनीहरुबीच शुक्रबार ग्राण्ड फिनाली गरिएको विद्यालयका प्राचार्य भुवन अधिकारीले जानकारी दिए । विद्यालयले विद्यार्थीलाई कितावी ज्ञानका अतिरिक्त विभिन्न अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउने गरी विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको प्राचार्य अधिकारीको भनाइ छ ।
सो अवसरमा बोल्दै विद्यालय व्यवस्थापन समितका अध्यक्ष झविन्द्र अधिकारीले विद्यार्थी, अभिभाव र शिक्षाप्रेमीहरुको मायाले गर्दा छोटो समयमा विद्यालय सबैको रोजाइमा पर्दै आएको बताए । विद्यालयका सञ्चालक जीवन अधिकारीले विजेता विद्यार्थीलाई बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगति एवं उज्जवल भविष्यको शुभकामना प्रदान गरे । गार्गी बाल क्लबका अध्यक्ष अंशु क्षेत्रीको अध्यक्षता, उपाध्यक्ष भूमिका मगरातीको स्वागत तथा सचिव आयुश अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । स्थापनाको छोटो समयमा सफलता हासिल गरेको विद्यालयमा विद्यालयका २ हजार ५४७ विद्यार्थी अध्ययनरत छन् ।
प्रतियोगितामा निर्णायकको भूमिका अनु रजक र हिमाल थापा मगरले गरेका थिए । विद्यालयका नृत्य निर्देशक किशोर थापा मगरले छनौट चरणको निर्णायकको भूमिका निर्वाह गरेका थिए भने, प्रावि शिक्षिका निरु जिसीले सुरुवाती चरणबाट नैं प्राविधिक सहयोग गर्दै आएकी थिइन ।