बुटवल, पुस ७ (मेसस) । उजिरसिंह माध्यमिक विद्यालय बुटवल उपमहानगरपालिका वडा नम्बर–२ को ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवससम्पन्न भएको छ । विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापका साथ एक हप्तासम्म सञ्चालन गरिएको वार्षिक उत्सव कार्यक्रमको मूल समारोहको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सोमबार उद्घाटन गरे ।
सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेयले नगरभित्रका विद्यालयको शिक्षामा एकरुपता ल्याउदै शैक्षिक सुधारमा स्थानीय तह रहेको बताए । विद्यालयको भौतिक, शैक्षिक विकासको लागि पालिकाले आवश्यक सहयोग गर्दै सामुदायिक विद्यालयको सुधार प्राथामिकता भएको बताए । सो अवसरमा उपप्रमुख सावित्रादेवी अर्यालले शिक्षाको पहुँचबाट कोही बञ्चित हुन नदिने बताइन् ।
विद्यालय प्राधानाध्यापक पदमराज ज्ञवालीको अध्यक्षतमा भएको कार्यक्रममा कार्यक्रममा बिद्यालय शिक्षक कर्मचारी, निर्वतमान विद्यालय व्यवस्थापन समिति, कर्मचारी, सहयोगदाता, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत बितरण गरिएको विद्यालयका लेखा अधिकृत कपिलप्रसाद अधिकारीले जानकारी दिए ।
कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख विष्णु पन्थी, वडा नम्बर १ का अध्यक्ष नरेन्द्र बस्नेत, वडा नम्बर २ का अध्यक्ष सुनील शाक्य, राष्ट्रिय परीक्षा बोर्ड बुटवलका प्रमुख रोमकान्त तिवारी, विद्यालयका पूर्व अध्यक्ष विमलबहादुर शाक्य, निवर्तमान अध्यक्ष टिकाप्रसाद उपाध्याय, सूर्योदय प्राविका शिक्षक शोभा ज्ञवाली, मणिमुकुन्द सेन उद्यानका अध्यक्ष माधव नेपाल, मिना थापालगायतले बोलेका थिए । विद्यालयमा झण्डै १ हजार विद्यार्थी अध्ययनरत छन् भने ३० जना शिक्षक कर्मचारी कार्यरत छन् । विद्यालयलमा प्लस टुतर्फ मानविकी, शिक्षा र व्यवस्थापनको विषय पठनपाठन हुँदै आएको छ । कार्यक्रमको स्वागत विद्यालयका सहकाय प्रअ बशुन्धरा भुसाल र सञ्चालन शिक्षक ङनी गुरूङले गरेकी थिइन् ।
