सामाजिक उत्तरदायित्व बहन गर्दै तिनाउ स्कुलका सहयोगी हातहरू

मेचीकाली संवाददाता

१ माघ २०८२, बुधबार
17 shares

बुटवल, पुस ३० । रूपन्देही जिल्ला बुटवल उपमहानगरपालिका –११ देवीनगर स्थित तिनाउ इङ्लिस बोर्डिङ स्कुलले यही मिति २०८२ पौष २६ गते पाल्पा जिल्ला बगनासकाली गाउँपालिका वडा नम्बर ६ मा बसोबास गरिरहेका माझी समुदायका अति विपन्न ४८ घर परिवारलाई राहत सामग्री वितरण गरेको छ । विद्यालयको तर्फबाट संयोजक नारायण पोख्रेलको नेतृत्वमा शर्मिला ज्ञवाली, सुस्मिता आचार्य, भुवन अधिकारी र प्रकृति बलामी मगर सहितको टोलीले उक्त समुदायलाई ४ दर्जन न्यानो ब्ल्याङ्केट, करिब ५ क्विन्टल चिउरा, बिस्कुट लगायत खाद्यान्न सामग्री वितरण गरेको छ ।
उक्त कार्यमा समन्वयकारी भूमिका खेल्नुहुने सोही गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्री लक्ष्मीप्रसाद अधिकारी र बुद्धिजीवी एवं सामाजिक व्यक्तित्व मनोज घिमिरे ज्यूहरूप्रति हार्दिक आभार तथा सम्मान व्यक्त गर्दछौं । यसअघि पनि यस संस्थाले नवलपरासी, कपिलवस्तु, पाल्पा जिल्लाका थुप्रै अनाथ आश्रम तथा शारीरिक रूपले अशक्त एवं असहायहरूलाई राहत वितरण कार्यक्रम गर्दै आएको छ । यस्तै सेवा कार्य गर्नका लागि विद्यालयका शिक्षकहरूले दीपावलीको अवसरमा भैलो कार्यक्रमबाट आर्थिक सङ्कलन समेत गर्नुभएको थियो ।