तिनाउमा खेल सप्ताह जारी

मेचीकाली संवाददाता

४ माघ २०८२, शनिबार
154 shares

बुटवल, माघ ३ (मेसस) । तिनाउ सुरु भएको खेल सप्ताहअन्तर्गत शनिबार दोस्रो दिन विभिन्न खेलहरु सम्पन्न भएका छन् । इन्चार्ज सुन्दर बेलबासे र जीवन आचार्यको नेतृत्वमा खेलहरु भएका थिए । सिनियर सर्टपुट, अन्तरसदनात्मक जुनियर रिले दौड, २०० मिटर दौड, डबल व्याडमिन्टन सिनियर (छात्र), जुनियर (छात्र) डच बल खेल सिनियर (छात्रा), कबड्डी खेल जुनियर (छात्रा), यसैगरी लङ जम्प सिनियर(छात्र), हाई जम्प सिनियर (छात्र) सम्पन्न भएका छन् ।
त्यस्तैगरी तेक्वान्दो, छात्रा र छात्रा, छात्र जुनियर छात्रा सिनियर, लङजम्प, हाईजम्प छात्रा, सिनियर छात्रका खेल सम्पन्न भएका छन् । यस्तै विगिनर्स खेलअन्तर्गत इनआउट खेल पनि भएका छन् । कक्षा १० का इन्चार्ज अग्निधर पोखरेलले शनिबार विभिन्न १८ वटा खेल भएको जानकारी दिए । आइतबार बाँकी १० वटा प्रतिस्पर्धा गराएर खेल महोत्सव सम्पन्न हुने जानकारी दिए ।
खेल प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार पनि वितरण गरिएको सहायक प्राचार्य सुर्य प्रसाद पाण्डेले जानकारी दिए । विद्यालयले हरेक वर्ष विद्यार्थीको अन्तरनिहीन प्रतिभा प्रस्फुटन गराउने खेल सप्ताह गर्दै आइरहेको प्राचार्य सीता पाण्डेले जानकारी दिए । विद्यालयका अध्यक्ष यज्ञमूर्ति पाण्डेले शैक्षिकसँगै विद्यार्थी सबै क्षेत्रमा अब्बल र क्षमतावान् बनाउन स्कुलले सबै विभिन्न कार्यक्रम गर्दै आएको बताए ।