सामाजिक व्यक्तित्व पोखरेलको निधन

मेचीकाली संवाददाता

१३ माघ २०८२, सोमबार
432 shares

बुटवल । धर्मिक तथा सामाजिक व्यक्तित्व शोभाखर पोखरेलको ९४ वर्षको उमेरमा यहि माघ ७ गते निधन भएको छ । वि.सं १९८९ सालमा गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँ अरौदीमा जन्मिएका पोखरेल लामो समय गुल्मीको वामिटक्सारमा बसे । धार्मिक स्वभावका पोखरेल तीन दाजुभार तथा तीन दिदीमध्ये कान्छा सन्तान हुन् ।

वामिटक्सारको चर्चित नारायणथानको पूजाव्यवस्थापन तथा पूजनकार्यमा आफ्नो जीवन बिताएका पोखरेल सो क्षेत्रको शिक्षा उत्थानमा पनि लागेका थिए । वामिटक्सार क्षेत्रको विकास निर्माण तथा सामाजिक कार्यमासमेत उनको सक्रिय संलग्नता रहेको थियो । पछिल्लो समय रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगर दुर्गामन्दिर पथमा बस्दै आएका पोखरेलका ६ भाइ छोराहरु छन् । ज्योतिषशास्त्रको प्राध्यापन तथा फालादेश गर्ने नारायण पोखरेल उनका कान्छा छोरा हन् ।

उनका रामप्रसाद, विष्णु, विनोद, गोविन्द, आत्माराम, अर्जुन, नारायण ७ भाइ छोराहरु रहेका छन् । धार्मिक तथा नैतिक प्रेरणा दिइरहने पोखरेललाई चिन्नेहरूले धर्मिक तथा सामाजिक व्यक्तिका रूपमा चिन्ने गर्छन् ।