एनसिएसएस रुपन्देही अभियानबाट क्रीकेटर चौधरीलाई आर्थिक सहयोग

मेचीकाली संवाददाता

६ आश्विन २०७८, बुधबार
673 shares

बुटवल । नेपाली क्रीकेट समर्थक समाज एनसिएसएसको आधिकारिक जिल्ला एनसिएसएस रुपन्देहीले रुपन्देहीका क्रीकेट खेलाडी अजय चौधरीलाई आर्थिक अभियान बाट सन्कलित सहयोग रकम हस्तान्तरण गरेको छ ।

एनसिएसएस रुपन्देहीले आज चौधरीको निजि निवासमै पुगि १७ हजार सहयोग रकम प्रदान गरेको हो । रुपन्देही जिल्लामा स्तरीय क्रीकेट प्रतियोगिता खेल्दै आएका क्रीकेटर अजय चौधरि लामो समय देखि ब्रेन ट्युमर रोगबाट ग्रसित रहेका छन । चौधरीको आर्थिक स्थिति कमजोर भएको हुनाले एनसिएसएस रुपन्देहीले सह सचिब हरि गैरेको सम्योजकत्व आफ्नो जिल्लामा सानो आर्थिक अभियान सुरु गरि सहयोग जम्मा गरेको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा रुपन्देही सचिब नारायण अधिकारी सह सचिब हरि गैरे कोषाध्यक्ष शिवराज गौतम तथा सदस्य प्रेम पौडेलको उपस्थिति रहेको थियो। एनसिएसएस रुपन्देहीले यस अघि पनि थुप्रै सहयोग अभियानहरु सुरु गरि सहयोग प्रदान गर्दै आइरहेको छ।