मतदाताले गोकर्णलाई भन्छन्– ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’

मेचीकाली संवाददाता

२८ माघ २०८२, मंगलवार
258 shares
आशा, खुशी र गुनासा पोख्दै मुसिकोट नगरपालिका-रङनामका कृष्ण गिरी

गुल्मी । गोकर्ण बिष्ट नेकपा एमालेका उपाध्यक्ष हुन् । विकासप्रेमी नेताको छवि बनाएका बिष्टको मिठो मुस्कान र सरल स्वभावले मतदाता नजिक बन्छन्, लागेको कुरा मनैले भन्छन् । निकै रिसाएर बसेका मतदाता पनि उनलाई देखेपछि क्षणभरमै हौसिन्छन् ।

पालिका स्तरीय घरदैलो अभियानको अन्तिमतिर सोमबार मुसिकाुेट नगरपालिका १ को रंगनाम पुगेका बिष्टलाई कृष्ण गिरीले निकै भावुक र गम्भिर तरिकाले गोकर्ण बिष्टले आफ्नो टोलमा आजसम्म गरेका कामको प्रसंसा पनि खुरेलै गरे । गाउँका विकास निर्माणका समस्या र अनुभूत पीडा पनि गिरीले खुवै शेयर गरे । इस्मा र मुसिकोटको सिमानाको रंगनाम भौगोलिक हिसावले विकट छ ।

त्यसैले गाउँ छोडेर जानेहरु पनि धेरै छन् । तर, मनमा गाउँकै रहर बोकेर बसेकाहरुको आशा आफ्ना उमेद्वारसंग संस्कारसहित पोखिनु उदाहरणीय थियो । सोही क्रममा गिरीले मनमा गोकर्ण बिष्टको तस्विर रहेको भावुक अभिव्यक्ति दिए । गाउँभर विभिन्न हल्ला चलेपनि अहिलेसम्म भोट कतै नदिएको बताउदै बुबाआमाको जस्तै गोकर्ण जी को तस्विर मनमुटुमा भएकाले आक्रोश र खुसी उहाँलाईनै सुनाउँदै आएको गिरीले बताउनुभयो । गिरीकोमा भेला भएका मतदाताले बिष्टसंग गाउँका सडक, कृषि र बिपद् लगायतका समस्या राखेका थिए ।

जवाफमा बिष्टले बिगतमा लौरा टेकेर भोट माग्न आउने गाउँमा कम्तिमा गाडीका आउने अवस्था बनेकाले मुख्य सडक कालोपत्रेको चरणमा अघि बढेको, बिजुली, खानेपानी, अस्पताल, बिद्यालय, स्वास्थ्यचौकी र पुलहरुको निर्माणका थुप्रै कामहरु भएको बताए । भेटघाटपछि अझै पनि रंगनाममा धेरै काम गर्न बाँकी रहेको कुरा मनमनमा बिझेकाले आगामी दिनमा पुरा गरेर छोड्ने प्रतिवद्धता जनाए ।