बुटवल। हावाहुरी सहितको पानीले बुटवलको महामेलामा क्षति पुर्याएको छ । सोमबार आएको हावाहुरिले संरचनामा क्षति पुगेको मेला संयोजक गोबिन्द प्रसाद भुसालले बताए ।
हावाहुरीले ४० वटा व्यापारीक स्टल, १२ वटा होटल तथा रेस्टुरेन्ट, लण्डन बृज, स्टाचु अफ लिभर टि, २०० मिटर बाउड्री, कश्मिर हिल पुर्ण रुपमा क्षति र जलपरीमा आंशिक क्षति भएको भुसालले बताए । क्षतिको एकिन विवरण आउन बाँकी रहेको भुसालको भनाई छ ।
सोमबार चर्चित र्यापर माइला, लोक गायक बिशाल सोनी, लोक गायिका रितु थापा मगर, हाँस्यकलाकार माइला बाको प्रस्तुति रहेको थियो । मौसमका कारण कलाकारको प्रस्तुति पनि स्थगित भएको सास्कृतिक संयोजक दिपेन्द्र न्यौपानेले बताए ।
चैत्र ४ गते बुधबारबाट नियमित कार्यक्रम संचालन हुने छ । मंगलबार संरचना निर्माण तथा मर्मत हुनेछन् । बुधबारबाट नियम कार्यक्रम संचालन हुने मेलाका मुल्यांकन तथा अनुगमन संयोजक दिपु मगरले बताए ।
चैत्र २४ गतेसम्म महामेला सञ्चालन हुनेछ । मेलाको उद्घाटन आइचबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गरेका थिए ।
