टोपलाल अर्याल
गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीको रामराज्य माविको हीरक महोत्सव सुरु भएको छ । महोत्सवको लुम्बिनी प्रदेश सभाका सदस्य तथा पुर्वमन्त्री खड्ग बहादुर बस्नेतले उद्घाटन गरेका छन् । महोत्सवलाई संबोधन गर्दै बस्नेतले बिद्यालय भविष्य निर्माण गर्ने सुन्दर मन्दिर भएकाले दलगत दृष्टिकोणबाट प्रभावित हुन नहुनेमा जोड दिए । उनले बिद्यालयको शिक्षामा गुणस्तर ल्याउन र सामुदायिक सहयोग प्राप्त गर्न नेतृत्वको निस्वार्थ त्याग, शिक्षकहरुको क्षमता र अभिभावकको निगरानी आवश्यक हुने बताए । आज प्रमुख अतिथी भएर प्रस्तुत हुन पाउनु ठूलो शौभाग्य भएको बताउँदै बस्नेतले खुसी व्यक्त गरे ।
गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले रामराज्य पश्चिम क्षेत्रमा शिक्षा र खेलकुदसहितको क्षेत्रमा अब्बल रहेको बताए । रामराज्य माविको हीरक महोत्सवको अवसरमा अक्षयकोषसहित ३७ लाख रुपियाँ आर्थिक सङ्कलन भएको छ । कार्यक्रममा सवै सहयोगी चन्दादाता, अक्षयकोषदाता, संस्थापक तथा पुर्व प्रध्यानाध्यापक र शिक्षकहरुलाई बिद्यालयले सम्मान गरेको छ ।
६० बर्ष पुगेको अवसरमा आयोजना गरिएको हीरक महोत्सवमा आर्थिक सहयोग सङ्कलन अभियान सुरु गरिएको थियो । अभियानको क्रममा छ वटा अक्षयकोष स्थापनाका लागि १६ लाख बढिको आर्थिक सहयोग सङ्कन गरिएको छ ।
इस्मा गाउँपालिका–४ दोहली निवासी टिकादेवी महत (गोमा) को परिवारले दिवङ्गत श्रीमान र बुहारीको नाममा पाँच लाख बढिको अक्षयकोष स्थापना गरेको छ । स्वर्गीय लक्ष्मण महतको स्मरणमा आफुसहित छोरा राजन महत, डाक्टर रबिन महत, सोफिया महत र सोनिया महतले दुई लाख ११ हजार १११ रुपियाँ बरबरको अक्षयकोष स्थापना गरेका छन् ।
त्यस्तै राजन महतले स्वर्गीय श्रीमती गंगा पछाई महतको सम्झनामा रामराज्य माविमा अक्षयकोष स्थापनाको लागि तीन लाख २५ हजार रुपियाँ प्रदान गरेको बिद्यालयमा प्रध्यानाध्यापक जगत बहादुर खड्काले जानकारी दिए । महत दम्पती रामराज्य माविको पुर्व बिद्यार्थी हन् । श्रीमती गंगाको ३५ बर्षको अल्पायुमै २०८१ जेठ २६ गते मृत्यु भएको थियो । त्यस्तै इस्मा गाउँपालिका–५ रजस्थलमा स्वर्गीय नरहरी रिजालको स्मरणमा परिवारले तीन लाख ६१ हजार १६१ रुपियाँ अक्षयकोषको लागि बिद्यालयलाई प्रदान गरेको छ ।
नरहरी रिजाल रामराज्य माविको संस्थापक प्रध्यानाध्यापक रहेकाले बुबाको स्मरण र कोष मार्फत गरिव तथा जेहेन्दार बिद्यार्थीहरुलाई अध्ययनमा सहजीकरण गर्न सहयोग गरिएको छोरा दार्ण प्रसाद रिजाल(बिष्णु)ले जानकारी दिए । हीरक महोत्सवकै अवसरमा इस्मा गाउँपालिका–४ दोहलीको रामराज्य माविका संस्थापक विद्यालय व्यावस्थापन समिति अध्यक्ष स्वर्गीय कलानिधी रिजालको स्मरणमा परिवारले तीन लाख ५५ हजार रुपियाँको अक्षयकोषको लागि आर्थिक सहयोग गरेको छ ।
कलानिधी रिजालका छोराछोरी र बुहारीहरु सवै मिलेर बिद्यालयमा स्थापना हुने अक्षयकोषले गरिव तथा विपन्न बिद्यार्थीको अध्ययनमा रहजीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको जेठा छोरा कृष्ण प्रसाद रिजालले बताए । इस्मा गाउँपालिका–४ दोहली कल्यारका स्वर्गीय बेल बहादुर जिसीको सम्झनामा परिवारले एक लाख एक हजार १११ रुपियाँको अक्षयकोष स्थापना गरेको छ ।
बिद्यालयका शिक्षक बालकृष्ण बस्नेतले बुबा नन्द बहादुर बस्नेतको सम्झनामा ५० हजार रुपियाँ बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ । रामराज्य माविमा अध्ययन गरेर २०५६ सालमा एसएलसी उर्तिण गरेर बिद्यार्थीहरुले दुई लाख ५६ रुपियाँ बराबरको सहयोग गरेको अभियान्ता नारायण खनालले बताए । यो रकमको पनि अक्षयकोष निर्माण हुने बिद्यालयले जनाएको छ ।
अहिलेसम्म १६ लाख तीन हजार ४३९ रुपियाँको अक्षयकोष र २१ लाख रुपियाँका बिद्यालयको लागि सहयोग प्राप्त भएको बिद्यालयका लेखापाल केसव जिसीले जानकारी दिए । आगामी जेठ १५ गते सम्म हीरक महोत्सव सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन भव्य र शानदार रुपमा सम्पन्न भएकाले तीन दिन विविध खेलकुद र जेठ १५ गते सम्मान, पुरस्कार, स्मारिका बिमोचन लगायतका कार्यक्रम रहेको बिद्यालय व्यावस्थापन समिति अध्यक्ष चन्द्र बहादुर महतले बताए ।
पहिलो दिन शोभा कलश यात्रासहित शिक्षिका र बिद्यार्थीहरुका नृत्य, मार्चपास भएका थिए । कार्यक्रम बिद्यालय व्यावस्थापन समिति अध्यक्ष चन्द्र बहादुर महतको अध्यक्षता, बिद्यालयका प्रध्यानाध्यापक जगत खड्काको स्वागत तथा शिक्षक माधव अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षक, पुर्व प्रध्यानाध्यापक, राजनैतिक दलका प्रमुख, वडाध्यक्ष, बिद्यालय व्यावस्थापन समितिसहित विभिन्न व्यक्तिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
