नेपाल मगर संघको अध्यक्षमा रक्षबहादुर रैका मगर

मेचीकाली संवाददाता

१२ जेष्ठ २०८३, मंगलवार
60 shares

मिलन गाहा

बुटवल। नेपाल मगर संघको अध्यक्षमा रक्षबहादुर रैका मगर निर्वाचित भएका छन् । संघको १३ औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो ।

यस्तै संघको वरिष्ठ उपाध्यक्षमा टेकबहादुर नाम्जाली मगर चयन भएका छन् । उपाध्यक्षमा सीता रानामगर, कविराज मगर, तेजबहादुर आले मगर, दीपसागर थापामगर, हर्क आले मगर, जीवनप्रवेश रोका मगर र भीमप्रसाद रोकाय मगर चयन भएका छन् । भने महासचिवमा होमराज खपाङ्गी मगर चयन भएको निर्वाचन समिति संयोजक धर्मबहादुर घर्तीमगरले जानकारी दिए ।

यस्तै, उपमहासचिवमा मञ्जु थापा मगर, सिद्धान्त गर्जा मगर, खगेन्द्र पुन मगर, हिरूसरा राना मगर चयन भए । सचिवमा विष्णुबहादुर राना मगर, झविन्द्र पुन मगर र तारामाया थापा मगर तथा कोषाध्यक्षमा पूर्णबहादुर राना मगर चयन भएका छन् । सहकोषाध्यक्षमा गायत्री राना मगर र लेखा संयोजकमा योवनकुमार राना मगर चयन भएका छन् ।

यस्तैगरी सदस्यहरुमा जुनु पुन मगर, गिरमान गाहा मगर, रमेश पुन मगर, इन्द्र सारू मगर, रमेश थापा मगर, महेश राना मगर, तारा राईका मगर र लक्ष्मी मगर रहेका छन् । संघमा कुल ५९८ मतदाता रहेकोमा ५७५ जना मतदानमा सहभागी भएका थिए ।