रास्वपा धुर्कोटको सभापतिमा राजेन्द्र पोख्रेल

मेचीकाली संवाददाता

१३ जेष्ठ २०८३, बुधबार
58 shares

गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धुर्कोटको सभापतिमा राजेन्द्र पोख्रेल निर्वाचित भएका छन् । धुर्कोटमा भएको भेलाले पोख्रेलको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो । उपसभापतिमा चन्द्र विक, सचिवमा नविन कुवँर, सहसचिवमा सृजना भट्टराई निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यमा मुना कुवँर, जनक पोख्रेल, जनक जिसी, प्रकाश जिसी, मनिराम पराजुली, रोक प्रसाद पराजुली र सृजना नेपाली रहेका छन् । अधिवेशनपछिको पहिलो पूर्ण बैठकले अनुशासन समिति गठन, कोषाध्यक्ष चयन तथा अधिवेशन गर्न सहयोग गर्ने सवैलाई धन्यवाद दिने तीन वटा निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टी धुर्कोटको सभापतिमा राजेन्द्र पोख्रेलले जानकारी दिए ।

संगठनलाई चुस्त, चलायमान बनाउँदै जनताका जनजिविकाका सवालमा सशक्त रुपमा प्रस्तुत हुने सभापति पोख्रेलले प्रतिवद्धता व्यक्त गरे । उनले तीन तहका सरकारका रचनात्मक कामको सम्मान र बेथिती एंव भ्रष्टाचारको बिरुद्धमा आवाज उठाउन पोख्रेलको भनाई छ ।