लुम्बिनी विकास कार्यक्रमका लागि ८३ करोड विनियोजन, ऐतिहासिक स्थलहरूको पूर्वाधार निर्माण गरिने

मेचीकाली संवाददाता

१५ जेष्ठ २०८३, शुक्रबार
49 shares

बुटवल । सरकारले लुम्बिनी विकास कार्यक्रमका लागि ८३ करोड रूपैयाँ विनियोजन गरेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमा उक्त कार्यक्रम अन्तर्गत ऐतिहासिक तथा धार्मिक स्थलहरूको वृहत पूर्वाधार विकास गरिने बताएका छन्।

सरकारले लुम्बिनी प्रदेश अन्तर्गत पर्ने प्रमुख पुरातात्विक स्थलहरू तिलौराकोट, देवदह, कपिलवस्तु र रामग्राम मा पूर्वाधार निर्माण तथा विकास कार्य अघि बढाइने जनाएको छ।

यस कार्यक्रमले धार्मिक पर्यटन प्रवर्द्धन र ऐतिहासिक सम्पदाको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।