लुम्बिनी विकास कोषमा पुराना पदाधिकारी नदोहोराउन लुम्बिनी बचाउ महाअभियानको माग

मेचीकाली संवाददाता

२३ असार २०८३, मंगलवार
3 shares

भैरहवा । पर्यटन मन्त्रालयले बिभिन्न संस्थाहरुमा नयाँ नियुक्ती गरेपनि लुम्बिनी बिकास कोषमा अझै पदाधिकारीहरु नियुक्त गर्न सकेको छैन । खुल्ला निवेदन आब्हान गरेर पारदर्शी तरिकाबाट नियुक्त गर्ने जनाएको सरकारले पछिल्लो समय पुराना अनुहारलाईनै लुम्बिनी बिकास कोषमा नियुक्ती गर्ने लबिङ सुरु हुन थालेपछि लुम्बिनीको संरक्षणका लागि स्थानियले गठन गरेको लुम्बिनी बचाउ महाअभियानले भने आपत्ती जनाएको छ ।

खुल्ला आवेदनमा उपाध्यक्ष र सदस्यसचिव दुवै पदका लागि एक सय भन्दा बढी उमेदवारी परेको छ । लुम्बिनी बिकास कोषको उपाध्यक्ष पदमा अवधेश कुमार त्रिपाठी र सदस्य सचिव पदमा दिपक श्रेष्ठलाई नदोहोराउन नहुने लुम्बिनीका स्थानियहरुको भनाई छ ।
लुम्बिनी बिकास कोषको दुई कार्यकाल उपाध्यक्ष भईसकेका पूर्वउपाध्यक्ष अवधेशकुमार त्रिपाठी र निर्वतमान सदस्य सचिव दिपक श्रेष्ठ कोषको रिक्त पदका लागि दाबी गर्दै लबिङ गरीरहेको बताउदै यदि सरकारले दुवै जनालाई नियुक्ती गरे सही व्यक्ति नियुक्ती गरेको नठहरिने लुम्बिनी बचाउ महाअभियानका संयोजक मेघनाथ आर्चायले बताए ।

नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी पटक पटक सरकारमा हुँदा दुई कार्यकाल उपाध्यक्ष बनेका त्रिपाठीले लुम्बिनी बिकास कोष भित्र सुशासन भन्दा पनि आर्थिक अपचलनका कार्यहरु धेरै गरेको आर्चायको आरोप छ । २०६१ पुस ९ गते दायर गरेको रिटमा सर्वोच्च अदालतले २०६४ माघ २३ गते मायादेबी मन्दीर प्रवेशमा शुल्क लिन नपाउने आदेश दिए पनि तत्कालीन उपाध्यक्ष त्रिपाठीले टिकटको नाम परिवर्तन गरी लुम्बिनी सेवा संरक्षण शुल्कको नाममा मन्दीर प्रवेश शुल्कलाई निरन्तरता दिएका थिए ।

लुम्बिनीस्थित महिलाबारका स्थिानिय उनि गृह त्याग पछि क्यानेडियन नागरीकलाई आमा मान्दै क्यानडा बस्दै आएका छन् । त्रिपाठीले आफ्नै कार्यकालमा क्यानेडियन संस्थाका नाममा लुम्बिनीमा गुम्बा निमार्णका लागी जग्गा उपलब्ध गराई भवन समेत निमार्ण गरेका छन् ।
‘कार्यकालको समयमा निमार्ण भएको भवन कार्यकाल सकिनासाथ निमार्ण रोकिएको छ । यसले उनले लुम्बिनी भित्रबाट आर्थिक अपचलन गरी निमार्ण गरेको पुष्टी हुन्छ ।’ लुम्बिनी बचाउ महाअभियानका संयोजक आर्चायले भने । सोही समयमा चरा संरक्षण गर्ने संस्थालाई उपलब्ध गराएको जग्गाबाट लाखौँ रुपैयाँ बरावरको माटो बिक्री गरेको आरोप पनि लागेको छ । त्यसैगरी शान्ती दिप परिसरमा आम्मा क्याफे सञ्चालन गर्न दिएको, पुरातात्वीक महत्वको लाईब्रेरी ९९ वर्षका लागि लिजमा दिएका थिए । ‘लुम्बिनीमा गुरुयोजना बिपरीतका काम तत्कालीन उपाध्यक्ष त्रिपाठीका समयमा भएका छन् ।’ आर्चायले भने ।

त्यसैगरी सुशिला कार्की नेतृत्वको सरकारले लुम्बिनी बिकास कोषको सदस्य सचिव पदमा नियुक्त गरेका सदस्य सचिव दिपक श्रेष्ठ पनि छोटो समयमा विवादमा तानिएका थिए । उनले मायादेवी मन्दीरमा चढाएको बहुमुल्य गरगहना हिनामिना गरेको लुम्बिनी बचाउ महाअभियानको आरोप छ ।
उनि लुम्बिनी आउने बित्तिकै वास्तुको नाममा आफु बस्ने सरकारी नयाँ क्वाटर तोडफोड गरी २० लाख रुपैयाँ भन्दा बढी सरकारी सम्पती दुरुपयोग गरेको महाअभियानका सदस्य रामबिकास चौधरीले बताए । ‘सरकारले उपलब्ध गराएको क्वाटरमा कर्मचारी बस्नु उसको दायित्व हो तर सुख सुविधाका नाममा लाखौ सरकारी रकम दुरुपयोग गर्न मिल्दैन’, चौधरीले भने । तत्कालीन सदस्य सचिव श्रेष्ठले भने आफुमाथी लागेको आरोप निराधार भएको बताउदै आएका छन् ।